
दिल बहादुर राई
धरानमा नेकपालाई चुनैती दिदै हर्क साङपाङ राईले मेयर पदका लागि स्वतन्त्रबाट उम्मेदवार बन्ने घोषण गरेको छ । आगमी मंसिर १४ गते हुने उप निर्वाचनमा धरान उपमानगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषण गरेको हो ।
मंगलबार धरानमा पत्रकार सम्मेलन गरी राईले मेयर पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । धरानमा आफु भोटर भएर जनप्रतनिधिलाई पटक पटक जिताएको तर जनताको भावना,ईच्छा र आवश्यकता अनसार शुसाशनको प्रत्यभूति स्थानीय सरकार र जनप्रतिनिधिले नगरेका कारण भोटर बनेर भोट नदिने र भोट लिएर धरानको विकास गर्ने राईले पत्रकार सम्मेलनमा बताए ।
नेकपा तर्फ इङ्गित गर्दै लौरो उठाउदा पनि धरानमा चुनाव जित्छौ भन्नुको मतलब धराने जनतालाई नेकपाले भेंडा ठानेको भन्दै अब त्यस्तो दम्ब र दलिय जालो धराने जनताले तोड्नु पर्ने समय आएको छ’ राईले भने । ‘संविधानमा उपमहानगरपालिकालाई पर्याप्त अधिकार दिएको छ तर विकासे कुनै काम नगरी धरान उपमहानगरपालिकाले कर उठाउने अधिकार मात्र कार्यान्वयन गरेको छ’ राईले भने ।
धराने जननाले मलाई विश्वास गरेर आगमी मंसिर १४ गते हुने उप निर्वाचनमा भारी मत दिएर जिताउनु भयो भने मेयरले सदुपयोग गर्ने कुनै पनि सेवा सुविधा लिन्न, यदि म धरान उप महानगरपालिकाको मेयर भए र सेवा सुविधा लगायत ८० लाखको मेयरले चढ्ने गाडीमा खुट्ठा राखे भने मेरो खुट्टा धरानका जनताले भाचिदिए हुन्छ , यहि पत्रकार सम्मेलनमा प्रतिवद्धता र विश्वास दिलाउछु ’ भन्दै राईले धरानको विकासमा निस्वार्थ भावना लिएर सबै एकजुड हुनुपर्ने बताए ।
धरानको विकास होस भन्नुहुन्छ भने एक पटक स्वतन्त्र उम्मेदवारलाई मत दिएर हेर्नुहोस तपाईहरुले दिएको मतलाई कदर गदै उपमहानगरपालिकालाई संविधानले दिएकोे सबै अधिकार कार्यान्वयन गर्नेछु! भन्दै राईले उपस्थित शुभचिन्तकलाई प्रतिबद्धता जनाए । ‘जनताले सादगी नेतृत्व खोजेको छ , धराने जनता औषधी नपाएर बिरामी भईरहेको अवस्थामा मेयरले ८० लाखको गाडी चढ्दा जनताले तिरेको कर दुरुपयोग हुन्छ उपमहानगरपालिकाको बजेट सक्न विभिन्न बाहना बनाएर जिल्ला बाहिर उपमहानगरपालिकाको जम्बो टोली भ्रमणको नाममा सिक्किम लगायत अन्य देशमा जानु ढुकुटीको रकम दुरुपयोग र भष्ट्राचार गरेको हो ’ राईले आरोप लगाए ।
जनताले जनप्रतिनिधिलाई विकास गर्छ भनेर विश्वासले जिताएर नेतृत्वमा पु¥याए पनि जनप्रतिनिधि र स्थानीय सरकारले जनताको पक्षमा कुनै काम नगरेको राईको आरोप थियो । जनताको जिउधनको सुरक्षा नभएको,भ्रस्टाचार,अन्याय,सुशासन नभएकाकाले त्यस्ता गतिविधि विरुद्ध धरान उपमहानगरपालिका गेट अगाडि कालो झण्डा बोकेर धर्ना बिरोध गरेतापनि सुनुवाई नभएका कारण यसपटकको धरानमा हुने उप निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिन लागेको राईले बताए ।
उनले भर्ने धरानमा जनमुखी र दमदार नेता नेतृत्व छैन त्यसैले बिकासमा धरान पछि परेको हो’ । धरानमा दलमुखी र इमान्दार बासिन्दा गरि दुई धारको नागरिक रहेको भन्दै दलको पछि नलागी आफ्नो इमान्दारीलाई भोट दिन आग्रह गरे।साथै पत्रकार सम्मेलनमा बोल्दै राईले कुनै पनि राजनीतिक दलसँग आवद्ध नभएको दाबी गरे ।
देशका रिक्त रहेका ३७ ठाउँमा आगमी मंसिर १४ गते उप निर्वाचन हुने घोषणा गरेको छ । धरानमा मेयर तारा सुब्बा र वडा नम्बर ७ का वडा अध्यक्षको निधनपछि पद रिक्त रहेका छन ।