राजनीतिसमाचार

विभिन्न पाटीका नेता तथा कार्यकर्ता पाटी परीत्याग गरी नेकपामा प्रवेश

धरानमा नेकपाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको अवसर पारेर विभिन्न पाटीका नेता तथा कार्यकर्ता नेकपा पाटीमा प्रवेश गरेका छन् । धरानमा मेयर पदको लागि उप निर्वाचन नजिक आईरको बेला कांग्रेस, लिम्बुवानका नेता तथा कार्यकर्ता पाटी परित्याग गरी नेकपामा प्रवेश गरेको हो ।

नेपाली कांग्रेसका पुराना कार्यकर्ता सिद्धिकर्ण शर्मा, उद्योग वाणिज्य सङ्घ सुनसरीका उपाध्यक्ष समेत रहेका शिवराज श्रेष्ठ, संघीय लिम्बुवानका स्वर्णिमहाङ फोम्बो, राप्रपा नेपालका अर्जुनकुमार विश्वकर्मा, धरान –१२ की सुभेच्छा अधिकारी नेकपामा प्रवेश गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं.१ का इन्चार्ज तथा स्थायी कमिटी सदस्य भिम आचार्य लगायतले पाटीमा प्रवेशीहरुलाई अविर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेकपा पाटी कहिलै गलत नभको आचार्यले जिकिर गरे । कम्युनिष्ट पाटीकोे इन्चार्ज भएको नाताले मुलुकामा अरु पाटीको सरकार हुँदा भन्दा बढी भएको समेत उनले दाबी गरे । समृद्धि नेपाल र सुखी नेपालीका लागि विकास गर्न सबैको भूमिका र सहयोगी आवश्यक भएको आचार्यले बताए । विकासको नाममा राजनीति नगर्न आग्रह गर्दै उनले धरानका मुख्य एजेन्डा नेकपाले पूरा गरेरै छाड्ने उनको भनाई थियो ।

नेकपाको सरकार भइसकेपछि पहिलाको भन्दा ५ गुणा विकास गरेपनि आफूहरु सन्तुष्ट नभएको र समृद्धि नेपाल सुखी नेपाली नारा जस्तै काम गर्न नेकपा लागीपरेको उनले बताए । उप निर्वाचनमा स्वस्थ आलोचना, स्वस्थ प्रतिस्पर्धात्मक ढङ्गले अघि बढ्नु पर्नेमा आचार्यले जोड दिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कत कार्की, प्रदेश कमिटी सदस्य मुक्सामहाङ मेन्याङ्बो, सांसद् उमिता बराइली, जिल्ला सदस्य प्रकाश राई, धरान उपमहानगरपालिकाकी कार्यवाह प्रमुख मञ्जु भण्डारी, कांग्रेस नगर सचिव श्याम पोख्रेल, पार्टी प्रवेश गर्ने फोम्बो लगायतले मनतब्य तथा शुभकामना राखेका थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, केन्द्रीय सदस्य धर्मराज निरौला, किरण राई, सांसद् जय कुमार राई, जिल्ला सदस्य विजय राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नेकपा नगर अध्यक्ष नारायण सुवेदीले गरेका थिए ।

फोटो कोशी पोष्ट डटकम

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button