समाचारसमाज

विभिन्न निकायमा शाखा अधिकृत पदमा विज्ञापन खुल्दै , दोब्बर दरबन्दी माग हुने

विभिन्न निकायमा शाखा अधिकृत पटदमा विज्ञापन खुल्ने भएक्को छ । नेपाल सरकार अन्र्तगत विभिन्न निकायमा शाखा अधिकृतको पदहरुमा विज्ञापन खुल्ने भएको हो । लोकसेवा आयोगले विगतमा जस्तै नियमित कार्य तालिका अनुसार विज्ञापन खुलाउन लागेको छ ।

लोकसेवाले कात्तिक र मंसिरको अन्तिम बुधबार शाखा अधिकृतको विज्ञापन खुलाउन लागेको हो । यसअघि असोजको अन्तिम बुधबार उपसचिव र सहसचिवको दरबन्दी पूर्तिका लागि विज्ञापन खुलाइसकेको छ । यो नियमित कार्यतालिका अन्र्तगत छ ।

विगत दुई वर्षदेखि कर्मचारी भर्ना अवरुद्ध थियो । दुई वर्ष हुननसकेको दरबन्दी पूर्तिका कारण यस वर्ष दोब्बर दरबन्दी माग हुन सक्ने बताईएको छ । दोब्बर माग हुने भएकाले अवसरको सम्भावना पनि बढी ने देखिन्छ ।
सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको दरबन्दी र मागको तथ्यांक संकलन गरेर लोकसेवा आयोगलाई पठाउने कार्य पूरा हुँदैछ । यस लगत्तै लोकसेवा आयोगले उक्त दरबन्दी अनुसारको कर्मचारी माग गर्नेछ ।

कर्मचारीको समायोजनका कारण ठूलो संख्यामा दरबन्दी रिक्त रहेको छ । कतिपय कर्मचारीले समायोजनका क्रममा आफू अनुकूलको क्षेत्र बाहिर जानुपरेकाले राजीनामा समेत दिएर विदा भएका छन । यसकारण पनि यसपटक बढी दरबन्दीमा अधिकृतको विज्ञापन हुन सक्ने जनकारहरु बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button