
आगमी मंसिर १३ गते बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘मखमली मखमली’को “फुल भैं फुलेको मेरो जिन्दगी” गित सार्वजनिक गरिएको छ ।
गीतकार सावित्रा चिलुवालको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायक प्रमोद खरेल स्वर दिएका छन् ।
मखमली मखमलीको चलचित्रको कथा सँगै गीत पनि निर्मात्री सावित्रा चिलुवालले लेखेकी हुन् ।
चलचित्रमा जयकिशन र शुभेच्छा सँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोला लगायतले अभिनय गरेका छन् ।
चलचित्रमा बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत रहेको छ । रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् । भिडियो युटुबमा …….