अपराधीले राजनीति गर्ने दिन गएको सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए । रेडियो शैलुङको १२ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले यस्तो बताएको हो ।
‘सरकारले अपराधिक गतिविधिमा संलग्नलाई कारवाही शुरु गरेको छ’ , राजनीतिमा अपराधीलाई कुनै स्थान नहुने मन्त्री बाँस्कोटाले बताए । सरकारले राजनीतिका नाममा हुने अपराधीकरणलाई रोक्नेछ उनले भने । बाँस्कोटाले नेपाल समृद्धि र प्रगतिको पथमा अघि बढिरहेको बताएका छन्।
सरकार प्रतिबद्ध भएर समुन्नत राष्ट्र निर्माण गर्नका लागि प्रगतिको पथमा अगाडि बढिरहेको बताए । हरेक बस्तीमा एक वर्षभित्र सञ्चार सेवा पु¥याउने सरकारको लक्ष्य रहेको बताउँदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले लामो समयदेखि रोकिएको फोर जी सेवा विस्तारको काम सात महिना भित्र सकिनने उल्लेख गरे ।
‘फोर जी ५९ ठाउँमा विस्तार भइसकेको छ, अब छिटै ५०० ठाउँमा विस्तार हुन्छ । नेकपाले निर्वाचन घोषणा पत्रमा उल्लेख गरेको प्रतिबद्धता अनुसार सरकार अघि बढिरहेको छ, नेपालमा रेल सञ्चालन हुने कुरा असम्भव होइन अब सम्भव हुन्छ’ मन्त्री बाँस्कोटाले भने । व्यावसायिकताको बहस गर्नुपर्ने समयमा कतिपय सञ्चारमाध्यम मुख्य शिर्षक नै बिकृतिको सन्देश दिने तिर लागेको उल्लेख गर्दै मन्त्रीले भ्रमको खेती नगर्न सञ्चारमाध्यमलाई आग्रह समेत गरे ।