
नेपाली कांग्रेस धनकुटा जिल्ला पाख्रिवास नगर कार्य समितिका सभापति कोपिन मानन्धरका श्रीमती नेपाली कांग्रेसका महिला नेतृ स्वर्गीय पार्वती मानन्धर शाक्यको सम्मानमा आज नेपाली कांग्रेस धनकुटाले पाख्रिवासमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुङ्ग,निर्मल ओझा,विष्णु पौडेल,रोशेष श्रेष्ठ,तिर्थ राई, राजेन्द्र पौडेल,पूर्व जिल्ला सहसचिव राजन पौडेल,यूवा नेता दिपेन्द्र मानन्धर ,पाख्रिवासका नेताहरु मनिस राई,सुरेन्द्र मानन्धर लगायतले पाख्रिवासका समाजसेवी तथा नेपाली कांग्रेसका क्रियाशिल सदस्य पार्वती मानन्धर शाक्यको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति भएको भन्दै उनी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा धैर्य धारणको कामना गरेका थिए ।
४४ बर्षको उमेरमा हालै निधन भएकी पार्वती मानन्धर शाक्यको श्रीमान पाख्रिवास कांग्रेस नगर सभापति कोपिन मानन्धर,एक छोरा सिर्दाथ मानन्धर र एक छोरी रेजिना मानन्धर छन् ।