नेकपा र नेपाली कांग्रेस पाटी परित्यग गरी समाजवादी पार्टीमा प्रवेश

नेकपा र नेपली कांग्रेस पाटी परित्यग गरी नेता तथा कार्यकर्ता समाजवादी पाटीमा प्रवेश गरेका छन् । समाजवादी पाटी समायोजन घोषणा कार्यक्रमको अवसर पारेर शुक्रबार अन्य पाटीका नेता तथा कार्यकर्ता समाजवादी पाटीमा प्रवेश गरेको हो ।
नयाँ प्रवेशीहरु नन्द याम्फु केराबारी मोरङ,नगेन्द्र पार्घरी लेटाङ मोरङ,डिके लिम्बू ,लेटाङ मोरङबाट भुपेन्द्र लिम्बु,लिला लिम्बू,देउमान लिम्बू,सुरेन्द्र योङ्हाङ,कुलमान लिम्बू,इन्द्रबहादुर लिम्बू,चित्रबहादुर लिम्बू,डिकबहादुर लिम्बू,नारायणप्रसाद लिम्बु,मनमाया लिम्बू,फुलमाया लिम्बू,देउकी लिम्बू,भक्तबहादुर मगर,सुरेन्द्र पार्घरी,सन्तोश लिन्दम लिम्बू,अर्जुन मगर,उमेश लिम्बु केराबारी,युगल लिम्बू,धरान १५ शशी लिम्बु,शेरमान लिम्बू,जनक बिक,धरानबाट नै प्रमिला याङ्देन लिम्बू,शशी कुमार बिक,रेवतिकुमार घिमिरे,शुरेशवारुमहाङ,मानभगत बेघा,सुमन वनेम,लिलिम पोमो,लादिमा राई,शम्भु राई,अनिल राई,संयोग राई,जशोदा लिम्बू,नवीन श्रेष्ठ,दुर्गा राई,लाक्पा शेर्पा,योगेश नेपाली,अर्जुन राई,दुर्गकुमारी राई,पदम बस्नेत रहेका छ्न ।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले ठुला भनाउदा पार्टी नेकपा र काङ्ग्रेस एकल जात एकल लिङ्गी पार्टी भएको आरोप लगाए । समाजवादी पार्टी समायोजन घोषणा कार्यक्रममा बोल्दै धरानमा भट्टराईले यस्तो बताएका हुन । समाजवादी पार्टीलाई क्षेत्रीय पार्टी,जातिय पार्टी भन्ने नेकपा र नेपाली कांग्रेस आफ्नै पार्टी एकल जात र एकल लिंगको रहेको उनले बताए ।
समाजवादी पार्टी हिमाल पहाड तराई,खस आर्य,आदिवासी जनजाति ,मधेसी मुस्लिम,शिल्पी सहित समाबेश रहेको पार्टी भएको भट्टराइले दाबी गरे । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपति,पुर्ण समानुपातिक निर्वाचन प्रणाली नै पार्टीको मुख्य एजेन्डा भएको उनको तर्क थियो । देश भ्रष्टाचारयुक्त भएको भन्दै समाजवाद देश बनाउन यसअघि सरकारमा मन्त्री प्रधानमन्त्री भैसकेको नेता नेतृत्व भएको भन्दै समाजवादी पाटीका कुुनै पनि नेता नेकपा र नेपाली कांग्रेसका नेता जस्ता भ्रष्टाचार र अनियामितामा नपरेको भट्टराइको भनाई थियो ।
घोषणा कार्यक्रममा समाजवादी पार्टी प्रदेश १ मा प्रवीण चाम्लिङ लाई पुनः अध्यक्ष घोषणा गरिएको छ । घोषणा सभालाई संवोधन गर्दै पार्टीका केन्द्रिय अध्यक्ष एंव नेपाल सरकारका उप प्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले राष्ट्रिय समस्या हल गर्ने जिम्मा नेकपाको भएकोे बताए । संविधान संशोधन गर्न आवश्यक दुई तिहाई चाहिने भएकोले समाजवादी सरकारमा गएको बताए ।