राजनीतिसमाचारहेडलार्इन

पूर्व एमाले गुटमा विभाजन,धरानमा चोत्लुङलाई टिकट

प्रदेशले केन्द्रको परिपत्रलाई बेवास्ता गरेपछि धरानमा पूर्व एमाले गुटबन्दीमा लागेको छ । आगमी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले मेयरको उम्मेद्वार केन्द्रको परिपत्रका आधारमा एक महिलासहित ३ जनाको नाम सर्वसम्मतले सिफारिस गरी पठाएकोमा प्रदेशले १ जनाको नाम थप गरी ४ जनालाई सिफारिस गरेपछि गुटबन्दी चुलिएको हो ।

 

पुर्व माओवादीका अइन्द्र विक्रम बेघाले पार्टीमा गुटबन्दी गर्न हुदैन भन्दै आफ्नो नाम सर्वसम्मतमा नपरेपछि नेकपाका फोक्वाहाङ सुब्बा (चोत्लुङ) को नाममा सहमति जनाएका थिए । त्यस्तै किरण राई, अशोक राई लगायतले पनि सहमतिमा आफ्नो दावेदारी फिर्ता लिएका थिए । पार्टी पूर्णरुपमा एकता भई नेकपा बनिसकेपछि पनि यो गुट र उ गुट भन्दा जनतामा गलत सन्देश जाने भन्दै पुर्वमाओवादीमा एकमत देखिएको छ । पुर्वमाओवादीले पार्टीभित्र कुनै गुट उपगुट नचलाउन कार्यकर्तालाई कडा निर्देशन दिएको छ ।

तर पुर्व एमालेमा भने चरम गुटबन्दी देखिएको छ । माधव नेपालको पक्षधर भन्दै प्रकाश राईको नाममा ओली गुटले असन्तुष्टी पोखेको छ । नगर कमिटिबाट चोत्लुङ, प्रकाश र वेणु काफ्लेको नाम सिफारिस भएको थियो । धरानमा विजय राईको कुनै परिचय नभएको र उनी पर्यटक उम्मेद्वार हुने भएकोले सिफारिसमा नपरेको नगर सदस्यहरुले बताएका छन । पुर्व एमालेका नेपाल पक्षधरहरुले प्रकाश राईको लागि केन्द्रमा टिकट लबिङ गरेपनि पार्टी केन्द्रमा छलफल चलिरहेको बेला प्रदेशबाट ओली समुहका विजय राईको नाम समेत सिफारिस भएपछि पुर्व एमालेकै नेता कार्यकर्ताहरुबीच विजय भनेको को हुन भन्दै असुन्ष्तुटी जनाउदै नामै नसुनेकालाई पार्टीले टिकट दियो भने टिकट दिनेले नै भोट हालेर जिताए हुन्छ समेत भन्न थालेका छन ।

धरानमा पूर्वमाओवादीबाट केन्द्रीय सदस्य समेत भईसकेका हाल नेकपा धरान नगर इन्चार्ज चोत्लुङ लोकप्रिय हुनुका साथै पार्टीभित्र कुनै गुटउपगुट चलाउनु हुदैन र पुर्वमाओवादी र पुर्वएमाले समेत नभनी नेकपाको नीति र सिद्वान्त अनुसार एकीकृत पार्टीलाई अगाडी बढाउनु पर्ने धारणा राख्दै सबै कार्यकर्तालाई समेटेर अघि बढिरहेका छन । पुर्वमाओवादी केन्द्रका पोलिटब्यूरो सदस्य भईसकेका हाल नेकपा प्रदेश सदस्य मुक्सामहाङ मेन्याङ्बोले एकीकृत पार्टी बनिसक्दा पनि नेतापिच्छेको गुट बनाउदा पार्टी कमजोर बन्ने भन्दै पार्टी केन्द्रले गम्भिर भएर धरानको मेयरको उम्मेद्वार चयन गर्नु पर्ने बताए ।

अरु दलले उम्मेद्वार छनौट गरी चुनावी प्रतिष्पर्धामा मैदानमा खटिरहेको बेला यस पटक धरानमा नेकपाले सधा झै चुनाव जित्न सहज नभएको स्वयम नेकपाका स्थानीय नेताहरुको विश्लेषण छ । प्रकाश र विजय मध्ये एकलाई छनौट गरे अन्तर्घात हुने सम्भावना अत्याधिक बढेको नेताहरुको विश्लेषण छ । नेपाल पक्षको बाहुल्यता धरानमा पहिला देखिए पनि हाल नेकपा भनिसकेपछि गुटको अन्त्य गर्न चोत्लुङलाई उम्मेद्वार बनाउनु पार्टीको हितमा हुने स्थानीय नेता कार्यकर्ता बताउँछन् ।

प्रतिष्पर्धी दल नेपाली काँग्रेसका उम्मेद्वार तिलक राई भन्दा अघिल्लो कार्यकालका नेपाली काँग्रेसका सभापति किशोर राई र स्वःमेयर तारा सुब्बा संगसँगै सर्वदलिय संयन्त्रमा समेत संयोजक भई धरान उपमहानगरपालिकामा १० वर्षभन्दा लामो अनुभव चोत्लुङसंग छ भने उनले समृद्व धरान र सुखी धराने जनताको भिजन समेत सार्वजनिक गरिसकेका छन ।

केन्द्रले चोत्लुङलाई टिकट दिएन भने पार्टीको प्रवल सम्भावना र छविमा समेत आँच आउन सक्ने कार्यकर्ताबाट गुनासो आउन थालेकोे छ । यसअघि सम्पन्न निर्वाचनमा स्वःतारा सुब्बा नेपाल पक्ष र उपमेयर मञ्जु भण्डारी ओली पक्षधर हुन । यस पटक पनि त्यहि गुटका आधारमा केन्द्रबाट निर्णय गरिए पार्टी कार्यकर्ताको ठुलो पंत्तिले पार्टीबाटै बिद्रोह गर्ने चेतावनीसमेत यस अघि नै दिई सकेका छन् भने पुर्वमाओवादी पक्षले समेत पार्टी एकताको व्यवहारिक सन्देश दिन पनि चोत्लुङलाई टिकट दिनुपर्ने दाबी गरेको छ ।

एक नगर सदस्यले भने९हामीले पार्टी एकता गरेर नै सूर्यमा भोट हाल्न तयार भएका हौ तर हाम्रो एकता भनेको एमालेमा बिलय भने होइन । धरानमा प्रत्यक्षमा संघीय र प्रदेश सांसदमा समेत एक सिट छुट्याइएन । अहिले दुई वर्षको लागि एउटा मेयरको सिटमा पनि आफैमात्र दाबी गर्ने हो भने एकता अर्थहिन हुने नेताहरुको विश्लेषण छ ।

धरानमा हुने उपनिर्वाचनबाट माओवादी र एमालेबीचको एकता वास्तविकता हो वा होइन भन्ने बुझ्न सकिने भन्दै नेकपाका नेता तथा कार्यकर्ता पर्ख र हेरको अवस्थामा रहनु पर्ने भन्दै चियागफ गर्न थालेका छन् । उम्मेद्वारको अन्यौलताकै बिचमा भए पनि नेकपा धरानले २ हजार १ सय १ सदस्यीय चुनाव प्रचार समिति कात्तिक १८ गते चुम्लुङ भवनमा घोषणा गर्ने भएको छ । मेयर को हुन्छ भन्ने अन्योल भएका कारण नेकपाको चुनावी अभियान उत्साहजनक नभएको नेता तथा कार्यकर्ताहरु बताउँछन् । अब पार्टी केन्द्रले उम्मेद्वारको टुंगो लगाउने भएकोले अहिले नेकपा धरानका नेता कार्यकर्ता पर्ख र हेरको अवस्था रहेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button