
दिल बहादुर राई
अमाह सिमसार क्षेत्र पर्यटकको रोजाईमा पर्न थालेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका वार्ड नं. ५ मा अवस्थित सिमसार क्षेत्र पर्यटकीय स्थल बन्दै गएको हो । सिमसार क्षेत्रहरूमा आन्तरिक तथा वाह्य पर्यटकहरूको आवागमन बढ्दै गएको छ । सिमसार क्षेत्र संगै बनभोज खाने फराकिलो स्थल, गाडी पाकिङको राम्रो सुविधा भएकाले अमाह सिमसार क्षेत्रमा पर्यटकको घुईचो लाग्न थालेको स्थानीयहरु बताउँछन् । साना बालबालिका र बृद्धबृद्धाहरुका लागि बोटिङ गरेर तालमा सयार ठाउँ र साईडको सानो पोखरीमा गर्मीको समय गर्मी छल्न र पौडी खेल्ने छुट्टै ताल त्यस्तै कात्र्तिक देखि माघ सम्म वनभोज खाने पर्यटकहरु दिनप्रतिदिन आउन थालेका कारण सिमसार क्षेत्र पर्यटकको रोजाईमा पर्न थालेको स्थानीयहरुको भनाई छ ।
आन्तरिक र वाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अमाह सिमसार क्षेत्रको विकास गरी पर्यटक भित्र्याउन स्थानीय बुद्धिजिवि, स्थानीय सरकार र सरोकारवाला निकाय लागी परेका छन् । विकासको सम्भावना बोकेको अमाह सिमसार जलाधार क्षेत्रमा आन्तरिक सँगै बाह्य पर्यटकको संख्यामा बृद्धि हुदै गएकाले आउने पर्यटकलाई आवश्यक पर्ने विभिन्न पूर्वाधार निर्माण तथा सरसफाई देखि बनभोज खान आउने पर्यटकका लागि आवश्यक पर्ने पानी बिजुलीबत्ती ठाउँ ठाउँमा फोहोर जम्मा गर्ने डस्बिनको व्यवस्था मिलाएकोे अमाह सामुदायिक बन तथा अमाह सिमसार समितिका अध्यक्ष भोजराज गलेले जानकारी दिए ।
एक गाउँ एक पोखरी भन्ने नारा सहित जलाधार क्षेत्रमा रहेको सिमसारको पानीलाई सिंचाईमा समेत प्रयोग गदै आएको उनले सुनाए । उनी भन्छन् तालमा बोटिङ गरेर घुम्ने मात्र होइन फिसिङ स्वीमिङको समेत व्यवस्था मिलाएका छौं । , तर अहिले केही समयका लागि हामीलले फिसिङलाई बन्देज गराएकाछौं केही समय पछि पुन सुचारु हुन्छ । बनको मात्र आम्दानी नहेरेर बन क्षेत्रको खाली ठाउँमा भएको खाली जग्गालाई सदुपयोग गदै आम्दानीको श्रोत बढाउन र स्थानीय जनस्तरलाई माथि उठाउन स्थानीय सरकार, प्रदेश सरकार र सरोकारवाला संघ संस्थाहरुसंग सहकार्य गरेर अगाडी बढ्ने तयारीका साथ अनुरोध गरीरहेको अध्यक्ष गलेले जानकारी दिए । अहिले सरदर दैनिक २ ÷३ सय जना सिमसारमा घुम्न आउन थालेको उनले बताए ।
सिमसारमा घुम्न आएकी धरानकी दिवा श्रेष्ठ भन्छिन् यहाँको प्राकृतिक मनोरम दृश्य मन लोभ्याउने खाले छ, ‘अति रमणीय, सफा, स्वच्छ र प्राकृतिक वातावरणले जोसुकैको मन लोभ्याउने ठाउँ रहेको छ, म यो संग दोस्रो पटक आएकी हुँ ’ ‘जुन किसिमको आकर्षक ठाउँ छ त्यो किसिमको प्रचार प्रसार हुन सकेको छैन ।’ राम्ररी प्रचार प्रसार गर्न सकियो भने हजारौ पर्यटक भित्र्याउन सफल हुने अवस्था रहेको श्रेष्ठले बताईन् । उनी थप्छिन् यो डेटिङ गर्ने गज्जवको ठाउँ रहेछ यहाँका समितिले पूर्वाधार निर्माण र अहिले सबैका लागि आवश्यक मानिएको फ्रि वाईफाईको व्यवस्था गरी दिने हो भने थप सहजता हुने थियो ।
त्यस्तै धरानका अर्का पर्यटक मोहन प्रसाद पाठक भन्छन् यस सिमसार क्षेत्रको प्राकृतिक रमणीय वातावरण लोभ लाग्दो भएता पनि अमाह सिमसार क्षेत्रलाई आवश्यक पर्ने पूूर्वाधारमा हामीले कमीकम्जोरी पाएकाछौं, यस क्षेत्रको विकासका लागि थप पूर्वाधार, ‘सिमसार क्षेत्र आसपासमा विभिन्न किसिमको जंगली जनावर, चरा, माछा, कछुवालगायतको जैविक विविधताको पूर्ण संरक्षण गर्न सके ‘विद्यार्थीहरूका लागि अध्ययनको दृष्टिकोणले पनि सिमसार एक पटक घुम्नै पर्ने क्षेत्र बन्न सक्छ ।’
अमाह सिमसार प्राकृतिक हरियाली, शान्त र सुन्दर जंगल क्षेत्र भएकले सिमसारमा घुम्दा, बस्दा शान्तिको अनुभूति हुने गरेको स्थानीय समाजसेवी तथा कुखुरा व्यवसायिक नगेन्द्र गौतम बताउँछन् । ‘सधैंको कोलाहलपूर्ण सहरीया जीवनबाट वाक्क भएकाहरूका लागि यहाँ समय व्यतित गर्दा शान्तिको अनुभूति हुन्छ,’ उनले भने । ‘यहाँको प्राकृतिक हावा, जलविहार, विभिन्न किसिमको ज्ञानवद्र्धक प्राणी, चरालगायतको जैविक विविधताले पर्यटक तान्न मात्र नभई विकासको सम्भावना बोकेके हुँदा यस सिमसार क्षेत्रलाई आकर्षणको केन्द्र बनाउन हामी स्थानीय समाजसेवी, सरोकारवाला शिक्षाक बुृद्धजिवि र स्थानीय सरकार समेतको ध्यान खिचिएको छ गौतमले भने ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका र हिमालदेखि तराई मधेस तथा भारतको विभिन्न प्रदेशबाट पर्यटकहरू घुम्न आउने गरेको उनले सुनाए । ‘अति रमणीय, सफा, स्वच्छ र प्राकृतिक वातावरणले जोसुकैको मन लोभ्याउने ठाउँ रहेकाले जो कोही अमाह सिमसार क्षेत्र प्रवेश गरेपछि पुन दोस्रो पटक आउने बनाउने खालको रमणीय पर्यटकीय क्षेत्र भएको स्थानीय राजन कार्कीले बताए । आफूहरु बाल्यकाल देखि देख्दै आएको सिमसार क्षेत्र पर्यटकलाई उपयोगी रहेको उनको भनाई छ । पर्यटक प्रबद्र्धनको नीतिअनुप नै क्रमस सिमसार क्षेत्रको विकास ै अगाडी बढीरहेको कार्कीले जानकारी दिए । सम्पूर्ण संरचना निर्माण भएपछि आन्तरिक र वाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने विश्वास रहेको उनले बताए । बराह नगरपालिका वार्ड नं. ५ मा पर्ने अमाह सिमसार ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।