
आगमी मंसिर १४ गते हुन लागेको उप निर्वाचनलाई लक्षित गरी धरानमा नेकपाले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । धरान उमहानगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो तथा कोणसभा गरीरहेको नेकपाले जनाएको हो ।
नेकपाका धरान नगरको प्रमुखमा उम्मेदवार प्रकश राई संघिय सासद जय कुमार राई,नेकपाका केन्द्रिय,प्रदेश जिल्ला,तथा नगर सदस्यहरु र वडाका वडाध्यक्ष तथा सदस्यहरु सहित हजारौ कार्यकर्ताहरुको सहभागितामा घरदैलो कार्यक्रममा संचालन भईरहेको छ । त्यसैगरी यसअघि नेकपाले वडा नं ४,५,६ र २० मा केही दिन अघिमात्र कोणसभा तथा घरदैलो कार्यक्रम गरेका थिए भने शुक्रबार वडा नं. ८ मा चुनावी कार्यक्रम गरेका थिए ।
सोही सम्वोधनको क्रममा संघिय सासंद जय कुमर राई,मेयरका उम्मेदबार प्रकाश राई लगायतले नेकपालाई जिताउन आग्रह गदै नेकपाले धरान नगरलाई ‘नमूना नगर बनाउने प्रतिबद्धता जनाएका थिए । धरान उपमहानगरपालिकाको विकासका लागि नेकपा लागि पर्ने उनले बताए । नेकपाको जितले मात्र वडा र नगरको समुन्नत विकास हुने दावी प्रकाश राईको गरे ।
नेकपाको विकासले मात्र धरान नगरको पर्यटन, औद्योगिक क्षेत्र लगायतको विकास र व्यवस्थापन हुने राईको भनाई थियो । वडा नं ५ का नेकपाका अध्यक्षको तथा कार्यकर्ताहरुकोे नेतृत्वमा सोे क्षेत्रमा घरदैलो तथा कोणसभा कार्यक्रम आयोजना गरिएको थियो । नेकपाका तर्फबाट मेयरका उम्मेद्धबार प्रकाश राई का साथ हजारौ कार्यकर्ताहरु अहिले धराने मतदाताको घरदैलोमा पुगेर मतदातासंग नेकपाको बिचार र नेकपालाई विजय गराउँदाको फाईदा बारे बुझाउदै भोट मागीरहेको नेकपाले जानकारी दिएको छ ।