राजनीतिसमाचारहेडलार्इन

नेकपाको घरदैलो कार्यक्रम

आगमी मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी नेकपाले गरेको घरदैलो अभियान कार्यक्रम विजय र्याली झै देखिएको छ । आइतबार धरान – १५ स्थित श्याम चोकबाट उम्मेदवार प्रकाश राई सहित घरदैलोमा निस्किएको नेकपाको घरदैलो अभियान विजय र्याली,विजय जुलुस झै भएको हो ।

नेकपाको घरदैलो अभियानमा सहभागीको संख्या धेरै भएपछि विजय र्याली झै देखिएको नेकपा १५ नं. अध्यक्ष ज्ञानेन्द्र बस्नेतले बताए ।े नेकपाले गरेको काम र जनताको विश्वास जितेकोले पाटीलाई उत्साह मिलेको उनको भनाई थियो । ‘अहिले नेकपाको घरदैलो अभियान चुनवा जितेर निस्किएको विजय र्याली झै देखिएको छ ’ बस्नेतले भने । सबैमा उत्साह, उमंग साथै नेकपा प्रति भरोसा रहेकै कारण घरदैलो अभियानमा नाचगान सहित अत्याधिक संख्यामा उपस्थिति देखिएको नेकपाका धरान नगर सदस्य राजमणी निरौलाले बताए ।

नेकपाको घरदैलो अभियान ६ दिनदेखि जारी छ । धरानको ४, ५, ६, २०, ८ र १५ नं. वडामा नेकपाले घरदैलो अभियान सकिसकेको छ । घरदैलो अभियान चल्ने निर्वाचन परिचालन कमिटि संयोजक रमेश बस्नेतले बताए । श्याम चोकबाट घरदैलो अभियानमा निस्किएको टोली बरगाछी, देवकोटा चोक, पिण्डेश्वर लगायतका बिभिन्न चोक हुदै सकिएको थियो । अभियानमा नेकपाका उम्मेदवार प्रकाश राई सहित नेता तथा कार्यकर्ताहरुले घर घरमा पुगेर मतदाताहरु संग आफ्नो एजेण्डा राख्ने, प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने र ठा“उ ठा“उमा कोणसभा गर्दै आएका छन् ।

मंसिर १४ मा हुने उपनिर्वाचनमा अन्य स्थान भन्दा धरानलाई महत्वपुर्ण मानिएकाले नेकपाको विद्यार्थी संगठनका केन्द्रिय संयोजकसहितको टिम धरान आउने भएको छ । नेकपा मेयरका उम्मेदवार प्रकाश राईलाई विजय गराउन विद्यार्थी संगठनको केन्द्रीयस्तरका नेता आउने प्रदेशस्तरीय भेलामा जानकारी दिइएको हो । आइतबार नेकपा पार्टी कार्यालयमा आयोजित भेलामा जिल्ला अध्यक्ष जिवि गजलले निर्वाचनमा नेकपाका केन्द्रीय संयोजक तथा सहसंयोजको टिमसहित प्रदेशस्तरका नेताहरु पनि धरान केन्द्रित हुने जानकारी दिएका हुन् । अन्य ठाउँमा भने सोही स्थानका केन्द्रिय सदस्य लगायत स्थानीय नेतालाई परिचालन गरिने उनले बताए ।

उक्त भेलाले विद्यार्थीका केन्द्रिय तहदेखी तल्लो तहसम्मका नेता तथा कार्याकर्ता रहने गरी निर्वाचन प्रचार प्रसार उपसमिति बनाउने निर्णय गरेको छ । कार्यक्रम अखिल क्रान्तिकारीका कन्द्रिय सचिव मदन भट्टराइको अध्यक्षतामा भएको थियो । अनेरास्ववियुको केन्द्रिय सचिव वासिम आलम प्रमुख अतिथि थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button