
ड्रिम मोडलिंग एजेन्सी इभेन्ट म्यानेजमेन्ट प्रा. लि. मिस्टर एण्ड मिस सुनसरीको अडिशन धरानमा गर्ने भएको छ । इटहरीको आयोजनामा आगमी पौष ५ गते पहिलो मिस्टर एण्ड मिस सुनसरी २०७६ हुने भएको हो । इटहरीको इम्पेरीयल लाउन्जमा हुने उक्त कार्यक्रमको बारेमा बुधबार धरानमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको पहिलो अडिसन मंसिर १ गते इटहरीको इम्पेरीयल लाउन्जमा,दोश्रो अडिसन मंसिर ३ गते धरानको हाङकुक साराङमा हुने आयोजकले जनाएको छ । एक महिना लामो प्रशिक्षण दिइने म्यानेजमेन्टका अध्यक्ष सौरभमान भण्डारीले जानकारी दिए । युवाहरुको क्षमता अभिबुद्धि गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको अध्यक्ष भण्डारीले बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, ट्रफि, ताज सहित २०२० मा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता गराउने उनले जानकारी दिए । त्यस्तै दोश्रो बिजेतालाई नगद २५ हजार र तेश्रो विजेतालाई नगद १५ हजार सहित ट्रफि, ताज प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा संकलन भएको रकम मध्येबाट नगद ५० हजार आयोजकले इटहरी ४ मा रहेको निसहाय बालबालिका सेवा आश्रमलाई प्रदान गर्ने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । आश्रमलाई थप सहयोग जुटाउन कार्यक्रमको समय दानपेटिका राखी रकम संकलन गर्ने र संकलन भएको रकममा आयोजकको तर्फबाट नगद ५० हजार थपेर रकम प्रदान गर्नेे आयोजकले जनाएका छन् । कार्यक्रममा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिम राई ज्वालाले सबैले आफ्ना लागि मात्र काम गर्ने गरेको अवस्थामा इभेन्ट मेनेजमेन्ट प्रा.लि. ले आश्रमलाई सहयोग ागर्न लागेकोमा सफलताको कामना व्यक्त गरेका थिए । अरूका लागी काम गर्न सके जिवन जिउनका लागि सार्थकता पाइने अध्यक्ष राईको भनाई थियो ।
प्रतियोगिता कार्यक्रम ९ लाख लागतमा सम्पन्न गर्न लागिएको आयोजकले जनाएको छ । सहभागिले निःशुल््क सहभागीता गर्न पाउने छन् । प्रशिक्षणका लागि १५ हजार लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको कोरियोग्राफर आयोजकका प्रबन्ध निर्देशक सोनी भुजेल रहेकी छिन । उनी २०१६ को मिस्टर एण्ड मिस राजधानीको टप ५ फाइनलिस्ट तथा मिस फोटोजेनिक उपाधीका विजेता हुन । सहायक कोरियोग्राफरमा भने रिया थापा र साहिल चौधरी रहेका छन ।
प्रतियोगितामा १५ वर्षदेखि २४ वर्ष सम्मको महिला तथा पुरूषले भाग लिन पाउने छन । उचाइको हकमा महिलाको न्युनतम ५ फिट र पुरूषको ५ फिट ३ इन्च तोकिएको र न्युनतम १० कक्षा पास गरेको हुनुपर्नेछ ।
आयोजकका अनुसार ४० जनाले प्रतियोगितामा भाग लिन पाउने छन् । इटहरीमा र धरानमा हुने तालिममा प्रतियोगिहरूलाई मोडलिंग संगै सामाजिक कार्य, पर्यटकिय क्षेत्रको भ्रमण, व्यक्तित्व विकास लगायतको प्रशिक्षण दिइने कार्यक्रमका संयोजक निश्चल पलिखेले जानकारी दिए