
नेपाली कांग्रेसका उमेद्वार तिलक राई घरदैलो कार्यक्रममा मत माग्दै मतदाताको समस्या सुन्दै अभियानलाई निरन्तरता दिईरहेको छ । चुनावमा उमेद्वार भए पनि शान्ति पुर्ण रुपमा मत माग्न पाउनु उमेद्वारको अधिकारको कुरो हो । उमेद्बार राई अधिकारसंगै कर्तव्य पनि पुरा गरीरहेका छन ।
उनी जहाँ जहाँ मत माग्न जान्छन तपाँइको समस्या के छ ? भनेर सोधि हाल्छन । मलाइ मत दिनुस पनि भन्दैन धरानको बिकाुश गर्न साथ दिनुस है भनेर उमेर अनुसारको सद्वभाव देखाउछन । जित्नका लागि आशिर्वाद माग्छन धरानलाई समृद्ध बनाउन सहयोग गर्नुस भन्छन ।
मलाई मत दिए अवसर हुने कम्युनिस्टलाई मत नदिए काम नगरेको सजाए हुने बताउदै कांग्रेसका उमेद्वार राई फेरि आशिर्वाद लिन आए है भनेर मतदाताको घरमा पुगदा मुस्काउछन । मुस्काउदै घर घर पस्छन र तपाईको समस्या के छ भनेर टिपोट समेत गर्छन ।
बिहिबार धरान–१३ को भ.ुप.ु सैनिक मार्गमा भारती राईले कर बढ्यो तर बिकास भएन भनेर राईलाई प्रश्न गरिन । राईले कर घटाउने र भष्ट्राचार अन्त्य गरेर नगर समृद्ध बनाउने भन्दै परिवर्तन आवश्यक रहेको बताए । धरानबासीले एक मौका दिए धरान भित्रका बिकृतीको अन्त्य गराउने प्रतिबद्धता समेत उमेद्वार राईले ब्यक्त गरे ।
धरान –१३ मा भारती राई सहित दर्जनौ स्थानीयले समस्या राई समक्ष राखेका थिए । धरानको बिकासमा परिवर्तन आवश्यक रहेको र समृद्धिको सहयात्रा धरानबासी संग हातेमालो गरेर अघि बढ्ने उमेद्वार राईले बताए ।