राजनीतिसमाचारहेडलार्इन

सुकुम्बासी बस्तीमा शेखर कोइरला

धरान नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरला तिलक राईकालागि भोट माग्दै सुकुम्बासी बस्तीमा पुगेका छन । मंसिर १४ गते सम्म निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन धरानबासीको घर घरमा पुगि रहेका नेपाली कांग्रेसका मेयरका प्रत्यासी तिलक राई संग मङलवार धरान १६ को गैरी बस्ती, नौलो बस्ती जस्ता सुकुम्बासी बस्तिमा तिलकलाई जिताउन आग्रह गर्दै कोइराला पुगेका थिए ।

धरानको बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको उपकुलपति रहेर काम गरेर कोइरलाले नेकपा जस्तो झुक्याउने, ठग्ने पाटीलाई हैन कांग्रेसलाई मत दिएर बिजयी गराउन आग्रह गरे । चुनाव नजिकिँदै जादा पैसाको भरमा निर्वाचन बिथोल्न र आचार संहीता बिरुद्ध काम गर्न सक्ने भन्दै कांग्रेसका नेतालाई सचेत हुन आग्रह समेत कोइरलाले गरेका थिए ।

कांग्रेस सुकुम्बासीहरुलाई सम्पन्न भएको देख्न चाहने पार्टी भएकाले बिपिले भने जस्तै सम्पुर्ण नेपालीलाई आफु जस्तै बनाउने चाहान धरानमा तिलकले पूरा गर्ने उनले बताए । उनले धरानमा कांग्रेसको जित निश्चित रहेको छ तर नेकपाले पत्रपत्रिकाका माध्यबाट आचारसंहिता उल्लंधन गरि रहेको छ ।

निर्वाचन आयोग सरकारको अंग हैन संबैधानिक अंग रहेको हेक्का राख्न आयुक्तलाई आग्रह गरे । उनले धराने जनतालाइ फेरि झुक्याएर मत माग्न नेकपा नेताहरु संक्रिय रहेकाले यसपटक कुनै जालझेलमा नपरी कांग्रेसलाई मत नदिन आग्रह गर े। कांग्रेसले धरानमा जितेर देशकै नमुना उपमहानगरपालिको रुप दिने उनले बताए ।

त्यस्तै मेयरका उम्मे्दवार तिलक राईले कांग्रेस आश्वासन बाढ्ने पार्टी नभएकाले सुकुम्बासीलाई सुरक्षित बसोबास गर्न काम गर्ने बताए । नेकपाले सत्ताको दुरुपयोग गरेको उनले आरोप समेत गरेको बताए । पैसाको भरमा नेकपाले गलत प्रचार गरिरहेको उनले बताए । जनताको जनमत लिने निर्वाचन प्रणाली भएकाले यसलाई दुरुपयोग नगर नेकपालाइ आग्रह गरे ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button