
बिगत तीन महिना देखी मृगौला फेल भएका तालकुमारी मगरलाई उपचार सहयोग हस्तान्तरण भएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ४ बस्ने पदम मगरको श्रीमतीलाई उपचारको लागि भनेर तीन हजार पाँच सय रुपैया उपलब्ध गराएको हो ।
मगर समुदायको युबाहरुले संकलन गरेको सो रकम बिरामी तालकुमारी मगर र उनका श्रीमान पदम मगरलाई हस्तान्तरण गरिएको छ ।
बिगत तीन महिनादेखी दुबै मृगौला फेल भएपछि आर्थिक अभावका कारण उपचार गर्न सकिरहेको छैन । भनिए जस्तो आर्थिक संकलन समेत नभएको बताए ।
हाल वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका तालकुमारिको पटक पटक गरी १२ पटक डाईलोसिस गरिएको कुरा उनका श्रीमानले बताए । एकपटक डाईलोसिस गर्दा एघार हजार लाग्ने भएकोले कहिलेकाही दैनिक र कहिले हप्ताको एकपटक डाईलोसिस गर्नु परेको जानकारी दिए । नेपाल सरकारले डाईलोसिस निशुल्क गर्ने भनिएको भएपनि विभिन्न कागज मिलाउनुपर्ने भएकोले सेवा नपाएको बिरामीको श्रीमानले गुनासो गरे ।
चिकित्सकले दुबै मृगौला फेर्न सल्लाह दिएकाले जस्का लागि ४० देखि ५० लाख रकम जुटाउनु पर्ने भएकाले बिरामीका श्रीमानले सहयोगका लागि अनुरोध गरेका छन् । आर्थिक अवस्था कमजोर भएकोले उपचार को लागि आर्थिक सहयोग गर्न याचना गरेको छ । हाल बिरामी तालकुमारी मगरकै नाममा रहेको धरान शाखाको राष्ट्रिय वाणिज्य बैंकको खाता नबर २१६००००९२१२ मा सिधै जम्मा गर्न सकिने छ भने आवश्यक जानकारिको लागि बिरामीको श्रीमानको मोबाइल नम्बर ९८१४३२४१०८ मा सम्पर्क गर्न सकिने छ ।