
धनकुटा
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धनकुटामा आयोजि कार्यकर्ता भेलालाई धनकुटामा सम्बोधन गर्दै सरकार अधिनायकबाट तर्फ उन्मुख भएकाले अव आन्दोलनको आधिवेहरी ल्याउन लागिएको बताए ।
यसैगरी नेपाली कांग्रेका केन्द्रिय सदस्य तथा राष्टिय सभाका प्रमुख सचेतक सरिता प्रसाई,केन्द्रिय सदस्य तथा राष्टिय सभाका सदस्य बद्री पाण्डे,नेपाली कांग्रेस तेह्थुमका सभापति केदार प्रसाद ढुंगानाले मुलुकमा आन्दोलन वाहेक अर्को विकल्प नभएको बताए ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षमा भएको कार्यकर्ता भेलामा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले कार्यक्रमको संचालन गरेका थिए । पाटीका कोषाध्यक्ष दिनेश राईले स्वागत राख्दै जिल्लामा पार्टी संगठका अवस्थाको वारेमा प्रकाश पारेका थिए । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले सहिद भिम नारायण श्रेष्ठको घर धनकुटा ६ मा पुगी सहिदका पत्नी लक्ष्मी श्रेष्ठ र जेष्ठ सुपुत्र मनोज नारायण श्रेष्ठलाई भेटघाट गरी छलफल समेत गरेका थिए ।