
मंसिर १४ गते हुने उपनिर्वाचन वहिष्कारको आन्दोलन घोषणा गरेको नेकपा(क्रान्तिकारी माओवादी) पाटी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाका ९ जना नेता कार्यकर्ताहरुलाई पक्राउ परेका छन । गरिएको छ ।
आईतवार धरानमाको छाता चोकमा कोण सभा गरिरहेको स्थानवाट प्रहरीले गिरफ्तार गरेको कुरा नेकपा९क्रान्तिकारी माओवादी०का केन्द्रीय सल्लाहकार तथा धरान सेक्रेटरी पारस लिम्वूले जानकारी दिएको छ ।गिरफ्तार पर्नेहरुमा नेकपा९क्रान्तिकारी माओवादी०का केन्द्रीय सल्लाहकार तथा धरान सेक्रेटरी पारस लिम्वू सहित देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य टिका चाम्लिङ, अखिल नेपाल किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय अध्यक्ष गौरव राई, क्रान्तिकारी माओवादीका धरान नगर सदस्य रामवहादुर पौडेल, मोर्चाका कार्यकर्ता तारक लिम्वू, मोहन लिम्वू, जय आचार्य, सन्तोष ठाकुर, पदम तामाङ रहेका छन ।
पारस लिम्बुका अनुसार धरानको छाताचौकमा शान्तिपुर्ण ढंगले लोकतान्त्रिक विधि अनुसार आफ्नो फरक धारणा राख्दै जनतालाई उपनिवार्चन वहिष्कारको अपिल गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जानकारी दिए । उनले देशब्यापी रुपमा बहिष्कार आन्दोलन चलिरहेको बताउदै आज धरानमा कार्यक्रम रहेको बताए । शनिबार भद्रपुरमा बहिष्कारको आन्दोलन भएको भन्दै सोमबार पोखरामा हुने कार्यक्रम रहेको बताए । हाल ९ जनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखिएको जानकारी दिएको छ । बहिष्कारको कार्यक्रम आइतबार अपरान्ह धरान १५ सदन रोड स्थित गणतान्त्रिक मोर्चाको कार्यालयबाट निस्की पर्चा पम्प्लेट बितरण गरेका थिए।