
धनकुटा
नेपाली कांग्रेसका युवा नेता गगन थापाले धनकुटा पुगेर सयौ युवाहरु नेपाली कांग्रेसमा प्रवेश गराएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
थापाले युवाहरुको भविष्य नेपाली कांग्रेसमा मात्र रहेको भन्दै धनकुटाको बेलहारा डाडामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरु राजेन्द्र खत्री,किरण तामांग,दिपक तामांग ,मोहन तामांग लगायत धनकुटा नगरपालिकाका वडा नं। ९ , ६ र ७ का गरी जम्मा ४ सय ७६ जना नव प्रवेशीहरुलाई स्वागत गर्दै नेपाली कांग्रेसको सदस्यता प्रदान गर्नु भएको नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष तथा पार्टी प्रवेश कार्यक्रम समन्वय समितिका संयोजक दिनेश राइले बताए ।
पार्टी प्रवेश गर्ने नबप्रवेशीका युवालाई नेता थापा,नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल, १ नम्वर प्रदेश सभा सदस्य सांसद लिला सुब्बा,महासमिति सदस्य आनन्द सन्तोषी राई,उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु सिता श्रेष्ठ,ज्ञानु गुरुग,नेता टिका भण्डारी,जिल्ला सदस्यहरु रोशेष श्रेष्ठ,निर्मल ओझा,खेम पौडेल,विष्ण पौडेल ,सुमना तिम्सिना,हर्कमान चेम्जोग,रमेश इवाहाङ्ग,नेपालधन राई,भूपेन्द्र भण्डारी,महोन वान्तवा,तिर्थ राई,राजेन्द्र पौडेल ,जयन्द्र घिसिङदुर्गा अधिकारी, रविन्द्र नेपाली,रंगलाल रोईला,क्षेत्रिय सभापति जितेन्द्र राई,कोषाध्यक्ष निरुपा राई,धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ,उपसभापति मिलन खडगी ,नेता धिरेन्द्र मिश्र,सदस्य हिरा देवी राई,गोविन्द्र राई,नेपाल शक्षिक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना,अर्थ महासचिव राम कुमारी भण्डारी,जिल्ला अध्यक्ष थिरेन्द्र सुब्बा,तरुण दलका , क्षेत्रिय सभापति तिलक महत,नेपाल प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोग,नेविसंघ धनकुटाका अधयक्ष बालानन्द दाहाल,क्याम्पस अध्यक्ष करुणा कटुवाल,वडा सभापति प्रेम खत्री,श्याम प्रकाश राई,चन्द्र लिम्बु,नविन श्रेष्ठ,इश्वरी सुवेदी, रत्न वस्नेत,नविन वस्नेत,धन वहादुर मोक्तान,विष्णु मोक्तान, लगायतले अविर टिका तथा माला लगाई दिई कांग्रेसमा स्वागत गरेका थिए ।
नेपाली कांग्रेस बेलराहाका सभापति प्रेम खत्रीको सभपातित्वमा सम्पन्न भएको युवा प्रवेश कार्यक्रमको संचालन इश्वरी सुवेदीले गरेका थिए । केही दिन अघि पाख्रिवास नगरपालिकामा ३ सय ४७ जनाले नेकपा परित्यान गरी नेपाली कांग्रेसमा युवा प्रवेश गरेको कांग्रेसका धनकुटा जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।