राजनीतिसमाचार

आफै भित्रको अन्तर्घातले चुनाव हार्यौं ः सभापति देउबा

नवलपुर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन । कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले काग्रेस २ गुट भएर चुनावमा जाँदा हार बेहोर्नु परेको बताए ।

सभापति देउवाले भने, ‘कम्युनिस्टहरु दुई पार्टी भएर पनि एक भएर चुनाब लडे तर काग्रेंस एक पार्टी भएर पनि दुई गुट भएर चुनाबमा जाँदा पार्टीको हार भएको हो । हामी आफनै कारण त्यो पनि अन्तर्घातका कारण चुनाबमा हार्न पुगेका हौं ।’ अबको आफनो योजना पार्टीलाई एक बनाएर आगामी चुनाबमा एक नम्बरको पार्टी बनाउने रहेको पनि सभापति देउवाले बताए ।

त्यस्तै सभापति देउवाले लिपुलेक र कालापानी नेपालको अभिन्न अगं भएकाले यो कुनै पनि हालतमा नेपालले छाडन् नसक्ने बताएका छन । आफू प्रधानमन्त्री रहँदा लिपुलेक र कालापानी नेपालको हो भन्ने कुरामा स्पष्ट पार्दै सम्झौता नै गरेको बताए । देउवाले अहिले राष्ट्रियताको सबालमा ओली सरकार मौन बसेको भन्दै सरकारको आलोचना समेत गरे ।

वर्तमान सरकार लिपुलेक र कालापानी को मुद्दामा मौन बसेको भन्दै आश्चर्य प्रकट गर्दै सरकारले चाँडो भन्दा चाँडो यो समस्याको हल खोज्नु पर्ने बताए । कांग्रेस सभापति देउवाले बर्तमान सरकार अहिले मुलुकमा कम्युनिष्ट शासन लगाउने खेल भैरहेकाले संबिधानको रक्षा गर्दै लोकतन्त्रको रक्षाका लागि कांग्रेस जिम्मेवार भएर अघि बढनु पर्ने चुनौती आएको सभापति देउबाको भनाई थियो । बताउनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button