अर्थ खबरसमाचारहेडलार्इन

चिस्यान भण्डारण ‘कुलवोट’ प्रविधिको विकास गर्दै कृषि वैज्ञानिक

धनकुटा

सुन्तला, कागती जस्ता अमिला जातका फलफुललाई किसान आफैंले भण्डारण गर्न मिल्ने खालको कुलवोट अर्थात चिस्यान भण्डारण प्रविधिको विकास गर्न राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेका कृषि वैज्ञानिकहरु जुटेका छन् । रैथाने जातका सुन्तला र तराइमा फल्ने कागतीलाई सिजनको बेला भण्डार गरि अफसिजनमा निकाल्न मिल्ने गरि चिस्यान भण्डार ‘कुलवोट’ प्रविधिको अनुसन्धान भइरहेको राष्ट्रिय सुन्तलाजात कार्यक्रम पारिपात्लेका वरिष्ठ वैज्ञानिक डा. उमेशकुमार आचार्यले बताए । यदि यो प्रविधिको परिक्षण सफल भए मध्यमस्तरका किसान लाभान्वित उनले बताए । अहिले उनैको नेतृत्वमा पारिपात्ले परिसरमा अहिले यो प्रविधिको अध्ययन भइरहेको छ ।

रैथाने सुन्तला वढीमा तीन महिना र तराईमा फल्ने कागती बढीमा ८ महिना ताजा रुपमा बजारमा उपलब्ध हुन्छन् । बाँकी समय विदेशवाट आयात हुने गर्छ । उत्पादन भएका फलफुल बजारमा एकै पटक पुग्ने हुँदा किसानले उचित भाउ नपाइरहेको अवस्था छ ।
ती समस्यालाई समाधान गर्न कुल स्टोरेज लगेर ताजा फलफुल तीन महिना राखेर अफसिजनमा निकाल्न सक्दा किसानलाई बढी फाइदा पुग्ने उनले बताए । उनले भने ‘वेसिजनमा पनि उपभोक्ताले सिजनको जस्तै स्वादका फलफुल खान पाउँछन् । यसैलाई ध्यानमा राखेर हामीले कुल स्टोरेज टेक्नोलोजीलाई सुन्तलावाली अनुसन्धान कार्यक्रममा भित्र्याएका हौं’

साधारण एसीले १६ डिग्रीसम्म चिस्यान बनाउँछन् । भने कुलवोट प्रविधि जडान पछि तापक्रमलाई शुन्य डिग्री सम्म नियन्त्रण गरिदिन्छ । यो प्रविधिले कति तामक्रम आवश्यक पर्ने हो । त्यति नै बनाइदिन्छ । सुन्तला भण्डारणको लागि न्यूनतम ८ देखि १२ डिग्रीसम्म तामक्रम आवश्यक पर्छ । भने आद्रता ८५ प्रतिशत भन्दा माथि चाहिन्छ । जुन एसीले गर्न सक्दैन ।

कुलवोट प्रविधिको सफल भएमा तीन देखि चार महिना सम्म स्वाद, आकार र गुणस्तर नविग्रिने गरि भण्डारण गर्न मिल्छ । ‘अहिले हामी परिक्षणको क्रममा छौं । रहन्छ रहन्दैन अहिलै नै भन्न सक्दैनौं’ उनले भने ‘यदि प्रमाणित भएको खण्डमा हामी किसानलाई सिफारिस गछौं’ । कुलस्टोर भित्र अहिले तराइमा फल्ने कागतीलाई परिक्षणको रुपमा प्रयोग गरिएको छ । पारिपात्ले नै भदौं महिनामा पाक्ने सुन्तलाको रुपमा विकास गरेको उन्सु जातको सुन्तललाई स्टोरेज गरेर परिक्षण गरिनेछ ।

१०÷१२ टन फलफुल कोल्डस्टोर बनाएर स्टोर गर्दा लागत महंगो पर्छ । मध्यमस्तरका किसानले यस्तो प्रविधि प्रयोग गर्न सक्दैनन । लागतको हिसावले सस्तो कुलस्टोरेस् प्रविधि मध्यमस्तरका किसानका लागि उपयोग हुन सक्छ । लागतको हिसावले ३ लाख भन्दा वढी खर्च नलाग्न सक्छ । यो प्रविधिमा वढीमा २ टनसम्म स्टोर गर्न मिल्छ । यो प्रविधिको पुरा गर्न ८ महिना समय लाने । चैत्र सम्म अनुसन्धान पुरा भइसक्नेछ ।

कृषि मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷७४ मा सुन्तलाजात वालीको कसल क्षेत्रफल ४६ हजार ३ सय २८ हेक्टर रहेको छ । कुल उत्पादन २ लाख ३९ हजार ७ सय ७३ मेक्ट्रिक टन भएको थियो । अमिलो जात फलफुलको खेती विशेष गरी मध्यपहाडी क्षेत्रमा हुने गरेको छ ।

 

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button