खेलकुदसमाचारहेडलार्इन

धनकुटाको हिलेमा गोल्डकप हुँदै

[mashshare]

धनकुटा

धनकुटा–१ हिलेमा धनकुटा गोल्डकप फुटवल प्रतियोगिता संचालन हुने भएको छ । हिले फुटवल क्लवले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी मंसिर २६ देखि ३० गते सम्म धनकुटा गोल्डकप प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो । स्थानीय हिले खेल मैदानमा हुने प्रतियोगितामा पूर्वका विभिन्न ८ टोलीको सहभागीता रहने छ ।

आयोजकको हिले फुटवल क्लव सहित, नेपाली आर्मीको वरख गण, धरान फुटवल फेन्ड क्लव, युनाइटेड युथ क्लव इलाम, दुहवी फुटवल क्लव सुनसरी, युस फुटवल क्लव मोरङ, इन?वा फुटवल क्लव सुनसरी र रोयल स्पोटिङ क्वल झापा सहभागीता रहनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख सहित गोल्डकप ट्रफी र उपविजेताले नगद ५० हजार ?पैया पुरस्कार पाउने छ ।

प्रयोगिता संचालन गर्न करिव १४ लाख ?पैया वजेट विनियोजन गरिएको क्लव अध्यक्ष राजु तामाङले बताए । उनका अनुसार प्रतियोगितामा धनकुटा नगरपालिकाले २ लाख, १ नं. वडा कार्यालयले ५० हजार, यूकेमा रहेका धनकुटा वासीले ६० हजार, हङकङकमा रहेका धनकुटेलीले ५० हजार लगायत सहयोग संकलन भइरहेको छ । धनकुटाका अन्य स्थानीय तहले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको आयोजक समितिका वरिष्ठ सल्लाहकार गौरव कार्कीले बताए । प्राविधिक सहयोग धनकुटा फुटवल संघको रहेको छ । फुटवल हेर्न दर्शकलाई निःशुल्क गरिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button