चासोक तङनामको तयारी पुरा

धरान
धरानमा प्रकृति पूजक लिम्बु समुदायको परमपरागत साँस्कृतिक पर्व चासोक तङनामको तयारी पुरा भएको छ । यही मंसिर २५ गते देखि २८ गते सम्म संचालन हुने चासोक तङनाम साँस्कृतिक पर्यटन उत्सब २०७६ को तयारी पुरा भएको हो । विगतका वर्षहरुमा झै यस वर्ष पनि ४ दिने सांस्कृतिक कार्यक्रम सहित चासोक तङनाम उत्सव संचालन गर्न लागिएकोे मंगलबार पत्रकार सम्मेलन गरी आयोजक समितिले जानकारी दिएको छ ।
किरात याक्थुङ चुम्लुङले उभौली र उभौली पर्व यक्वा पुजा गर्ने गरेको छ । सोही अवसरमा लिम्बु जातिहरुले चासोक तङ्नाम धुमधामका साथ मनाउँदै आएका छन् । गत वर्षमा झै यस वर्ष पनि चुम्लुङको बैठकले धरान–१५ स्थित चुम्लुङ हिम परिसरमा चासोक तङनाम मेला लगाउने निर्णय गरिएको सुनसरी जिल्ला अध्यक्ष मोहन कुमार हुक्पा चोङवाङले जानकारी दिए ।
चुम्लुङको बैठकले मेला तयारीका लागि मूल कार्यसमिति गठन गरिएको अध्यक्ष चोङवाङले बताए । पाकेका अन्नवाली इष्टदेवहरुलाई चढाउँदै बुधबार बिहानै बाट धरान–१५ चुम्लुङ हिम परिषरमा चासोक पूजा गरिने उनले जानकारी दिए । चासोकमा प्रकृति पूजक लिम्बूहरुले आ–आफ्नो बारीमा पाकेको अन्नबाली चुम्लुङ हिम परिषरमा जम्मा गर्ने गरेका छन् ।
मंसिर महिनामा मान्ने चासोक तङनाम खेतमा लगाईएको धानको बाला लहलह झुलीरहेको हुन्छ,त्यही पाकेको अन्नको पहिलो अंश तागेरा निङवाफुमाङलाई चढाउदै तागेरा निङवाफुमाङको भब्य पुजा अर्चना गदै मुरी मरी धन्यवाद दिई लिम्बु जातिहरुले पुजालाई परम्परागत ढंगले गर्ने गरेका छन् । चासोक तङनाममा भ्वाईस अफ द नेपालका विजेता राम लिम्बु र फुलन्देका बाऊ लाई ढाकिएको आयोजक मूल समितिले जनाएको छ ।