रोजगारसमाचार

हजारौको संख्यमा शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

काठमाडौँ

लोक सेवा आयोगले एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन आव्हान गरेको छ । आयोगको नियमित कार्यतालिका अनुसार मंसिर २५ गते बुधबारको गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवा तर्फ गरी १ हजार ८१ जना शाखा अघिकृतका लागि विज्ञापन गरेको हो ।

पौष २९ गतेसम्म दरखास्त दिन आयोगले सूचना मार्फत जनाएको छ । गतबर्ष भन्दा बढी संख्यामा विज्ञापन खुलाईएको आयोगले प्रशासन तर्फ बढुवा र खुल्ला तर्फ धेरै संख्यामा आवेदन माग गरेको छ । आयोगको सूचना अनुशार विभिन्न सेवा समूह गरी सात सय ६२ खुल्ला र बढुवा तर्फ तीन सय १९ गरी एक हजार ८१ जना रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button