
धनकुटा,
कानुन कार्यन्वयन गर्ने निकायका अधिकारीले कानुन कार्यन्वयन गर्न नसक्दा धनकुटा उद्योग वाणिज्य संघ अयौलमा परेको छ । गत श्रावणमा भएको धनकुटा उद्योग बाणिज्य संघको बैठकले बितेको यही मंसिर मसान्तमा साधारण सभा र निर्वाचन गर्ने र अशोज मसान्त सम्ममा नयाँ सदस्यता वितरण तथा नविकरण गर्ने निर्णय गरेकोे थियो ।
उद्योग बाणिज्य संघको गत भाद्र २६ गते वसेको बैठकले मंसिर २३ गते साधारण सभा र मंसिर २८ गते निर्वाचन गर्ने निर्णय गरेतापनि राजनीति भागबण्डा नमिल्दा साधारण सभा र निर्वाचन हुन सकेको छैन । उद्योग बाणिज्य संघका सदस्यहरुलाई १ महिना अघिनै साधारण सभाको निमन्त्रणा पत्र पठाइएको पत्रमा नै साधारण सभा सम्पन्न भएपछि निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने निर्यण बैठकले पारित गरेको थियो ।
निर्वाचन कार्यक्रम अगाडी बढी रहेको अवस्थामा पराजयको डरले नेकपाका केही व्यक्तिहरुले मंसिर २४ गते विहान ६ बजे निर्वाचन रोक्न ताला बन्दी गरेको नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोसी राईले बताए । ‘नेकपाका केही साथीहरुले मंसिर २४ गते विहान ६ बजेनै विधि बिधान र कानुन विपरित निर्वाचन रोक्न जवरजस्ती धनकुटा उद्योग बाणिज्य संघ लगायत त्यहाँ रहेको नेपाल सरकारसँग सम्बन्धित प्रमुख जिल्ला अधिकारी अध्यक्ष भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयद्वारा सञ्चालित जिल्ला संयोजन तथा अनुगमन समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धि को कार्यालयमा ताला बन्दी गरेकाले अहिले सम्म उद्योग वाणिज्य संकको निर्वाचन र साधारण सभा हुन सकेको छैन’ सचिव राईले कोशी पोष्ट संग कुरा गदै भने ।
‘बार्ता छलफल पटक पटक भएपनि सहमती हुन नसक्दा प्रमुख जिल्ला अधिकारीले आफु अध्यक्ष रहेको कार्यालय र अन्य कार्यालयमा गरिएको ताला बन्दी खोल्न नसक्दा कानुन कार्यन्वयन गर्ने अधिकारीले कानुन कार्यन्वयन गर्न नसकेको महशुस भएको छ’ राईले सुनाए । निर्वाचन समितिले पनि पटक पटक निर्वाचन सम्वन्धि सूचना प्रकाशित गरी मंसिर २७ गते निर्वाचन समितिले सूचना प्रकाशित गरी मंसिर २८ गतेको मतदान स्थगित र अर्को सूचना बाट निर्वाचन तालिका प्रकाशित गर्ने निर्वाचन गर्न वातावरण बनाउनका लागी सवैलाई सहयोग गर्न अनुरोध गरेको थियो’ राईले भने ।
पटक पटक औपचारिक तथा अनौपचारिक ढंगबाट सरोकारवाला निकाय तथा कानुन व्यावसायी,सम्वन्धित निकायहरुसंग छलफल तथा परार्मश गर्दा निर्वाचन तालिका प्रकाशि गरी निर्वाचन कार्यक्रम अगाडी बढीसकेको अवस्थामा अन्तिममा आएर मतदाता थप गर्न विधान,कानून र नियम विपरित हुने अव निर्वाचन वाहेक अन्य विकल्प नरहेको सुझाएका थिए । भरखरै सम्पन्न साधारण सभाबाट विधान संशोधन र सदस्यहरुको वारेमा छलफल गरी निर्वाचन अगाडी बढेको अवस्थामा सोही विषयमा विशेष साधारण सभा समेत वस्नका लागि औचित्य नभएको सरोकारवाला र कानुन व्यवसायीहरुको बुझाई छ’ सचिव राईले भने ।
बनको बाघले नखाए पनि मनको बाघले खाएका कारण उद्योग वाणिज्य संघमा नेकपाले तालाबन्दी गरेर कानुन विपरित काम गरेको नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्या गंगाराम गोम्देनले बताए । ‘स्थानीय निर्वाचन भएको ३ वर्ष बित्न लाग्दा दुई तिहाईको सरकारमा रहेका जनप्रतिनिधिले जनताको काम नगरी ढाट्ने काम भएकाले भरखरै सम्पन्न उपनिर्वाचनमा हारेका कारण धनकुटा उद्योग वाणिज्य संघको निर्वाचनमा पनि प्रतिपक्षमा बसेका पाटीले जित्ने बुझेपछि संघमा तालाबन्दी गरेर दादागिरी देखाएको छ’ सदस्या गोम्देनले भने ।
स्थानीय जनप्रतिनिधिले यसरी नै जनतालाई ढाट्दै गयो भने अब हुने निर्वाचनमा अहिलेको दुई तिहाईको सरकारलाई टुकी बालेर खोज्ने दिन पनि आउन सक्छ’ आक्रोश पोख्दै गोम्देनले भने ।
स्थानीय निर्वाचनमा जनताले जनप्रतिनिधिलाई विश्वासको मत दिएर जिताएका थिए । तर अहिलेका सरकार र जनप्रतिनिधिले जनतालाई झ्क्याएका कारण जनताको विश्वास घट्दै गएकोछ । यही चाल हो भने जनताले यो सरकार र जनप्रतिनिधिलाई सधैभरी धिकारने छन् । अहिले सम्म खै के दियो त ? बहुमतको सरकारले जनतालाई धुलो,धुवाँ,भत्केको सडक,ऋणको भारी बाहेक यही दिन देख्नलाई जनताले बहुमतको सरकार बनाएका हुन त ? सदस्या गोम्देनले गुनासो पोखे । ‘दुई तिहाईको दम्वका कारण केही नेताहरुले लोकतन्त्रमा विधि,विधान र कानुनलाई उपहास गर्दै लोकतान्त्रिक प्रणालीलाई अवरुद्ध गर्ने कार्य गरेकोले धनकुटामा विधिको शासनको अन्त्य भएको महशुस गरेका छौं हामील’ गोम्देनले कोशीपोष्ट डट कम संग कुरा गदै भने ।
‘उनले थपे पराजयको डरले नेकपाले उद्योग वाणिज्य संघमा तालाबन्दी गर्नु विधि,विधान,कानुन विपरित छ । सबै तिर सबै ठाउँ आफुले जित्नै पर्ने जित्ने पाटी, व्यक्तिले नेकपाका लागि हारदिनु पर्ने अनि मात्र स्वीकार गर्ने यो संकुचित सोचका कारण धनकुटा वाणिज्य संघमा लगाईएको ताला खुन्ल सकेको छैन । २०६५ सालको निर्वाचन र ०७४ सालको निर्वाचनले जनतालाई पाठ सिकाएको छ । पहिलेको जस्तो अब जनता चुप लागेर बस्दैन विकास र काम गर्न सक्ने जनप्रतिनिधि,सरकार चुन्ने भनेकोे नै यस्तै निर्वाचनमा हो’ ब्युरो सदस्या गोम्देनले भने ।