राजनीतिसमाचार

१ नम्बर प्रदेशको नामकरणका लागि आन्दोलन हुदै

बिराटनगर,

१ नम्बर प्रदेशको नामकरणका लागि आन्दोलनको तयारी गरिएको छ । प्रदेशको नामकरण निकै पेचिलो बन्दै गएको जानकारहरु बताउँछन् । प्रदेश सभा गठन भएको दुई वर्ष वित्न लागेको छ । तर, संविधानले प्रदेशको नामाकरण प्रदेश सभाले गर्ने प्रावधान गरेअनुसार १ नम्बर प्रदेशको नामाकरण अहिले सम्म हुन सकको छैन ।

प्रदेश १ मा प्रदेश सभाको अधिवेशन लाई लक्षित गरी सडकमा नामाकरणको विषयलाई लिएर आन्दोलनको पनि तयारी भएको छ । संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले पनि प्रदेश सदन शुरु हुनासाथ सडक तताउने बताएका छन् । गत मंसिर २९ र ३० गते धरानमा सम्पन्न लिम्बुवानको केन्द्रीय समिति बैठकले प्रदेशको नामकरणलाई लिएर आन्दोलन गर्ने निर्णय गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्वूवन मञ्च सुनसरीका अध्यक्ष अमर इजमले जानकारी दिए ।

लिम्बुवानले शसक्त रुपमा सडकमा आन्दोलन गर्न महासचिव शान्ता योङहाङको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको अध्यक्ष इजमले बताए । लिम्बुवान महासचिव अशोक चेम्जोङद्वारा जारीे विज्ञप्तिमा प्रदेश नं. १ लाई ‘लिम्बुवान किरात खम्बुवान’ नामकरण गराउन सशक्त आन्दोलन शुरु गरिने विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री शेरधन राईले शपथ गहण गरे लगत्तै प्रदेश सभाबाट नामाकरण गर्ने बताएका थिए । पटक पटकको प्रदेश सभा अधिवेशनमा नामाकरणको प्रस्ताव आउने र स्थगीत हुँदै आएको छ । सत्तारुढ दल नेकपाको दुई तिहाई बहुमत भए पनि नामाकरण स्थगीत हुँदै आउनुको मुख्य कारण प्रदेश सभामा नेकपा भित्रै सहमति नभएको बुझिन्छ ।

नेकपामा विद्यमान एकल पहिचान र बहुपहिचानको मतान्तरका कारण प्रदेश सभा बाहिर सडक पनि तातिने गरेको छ । यसपालीको प्रदेश सभाको हिउँदे अधिवेशनमा प्रदेशको नामकरण गर्ने मुख्य मन्त्री राईले बताएका छन् । हिउँदे अधिवेशन आउँदो माघको पहिलो सातादेखि आव्हान गर्ने तयारी गरिएको मन्त्री राईले जानकारी दिएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button