६ किलो कोकिनसहित चार विदेशी विमानस्थलबाट पक्राउ

काठमाण्डौं,
६ किलोग्राम कोकिनसहित ४ जना बिदेशी नागारिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राऊ परेका छन् । सादा पोशकका प्रहरीले शनिबार बेलुकी अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔसत सहित विदेशी नागारिकलाई पक्राउ गरेको हो ।
विमानस्थलभित्र लागुऔषध नियन्त्रण व्यूरोबाट दिनैपिच्छे सादा पोशाकमा प्रहरी खटिन्छन्।् ती प्रहरीले विदेश जाने र आउने नागरिकको ‘लगेज’ चेकजाचमा बढी जासुस गर्छन्। गोप्य रूपमा गरेको निगरानीका क्रममा ‘कोकिन’ लैजान लागेको अवस्थानमा प्रस्थान कक्षबाट २ विदेशी नागरिकलाई पक्राउ गरेका थिए ।
उनीहरूले ज्याकेटमा बेरेर कोकिन लैजान लागेका थिए । पक्राउ पर्नेमा राहदानी नम्बर केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना एल्डोसाइना र राहदानी नम्बर एबी २७१२०६० भएको २१ वर्षका बेलारूसी नागरिक पाभेल भेसिलयू रहेका छन्। उनीहरू काठमाडौंबाट हङकङ्ख जान लागेका थिए ।
एलिना र पाभेलको बयानका आधारमा उहीहरूसँगै कोकिन कारोबार गर्ने वोलिभियन नागरिक राउल जम्ब्राना ओडोनेज र रोवटीे काजिज मेरूवीया मेरिइसलाई लाजिम्पाटको लस्ट गार्डेन होटलबाट पक्राउ गरिएको थियो ।