राजनीतिसमाचार

धनकुटामा विधि विधान र कानुनको अन्त्य

धनकुटा

,धनकुटामा सरकारी कार्यालय सहित तिन वटा कार्यालय तालाबन्दीको कारण बन्द भएको १५ दिन हुदा सेवाग्रही ठूलो मार्कामा परेका छन । धनकुटामा विधि र विधान र कानुन कार्यन्वयन गर्ने निकाय नै दुई तिहाईको छायामा परी मौन वसेपछि ताला लगाएको आधा महिना वितिसक्दा पनि सरकारी कार्यालयनै नखोल्नुले धनकुटामा विधि विधान र कानुनकै अन्त्य भएको हो ।

धनकुटामा विधि र विधान अनी कानुन कार्यन्वयन गर्ने निकाय तथा अधिकारीह?बाट विधि,विधान र कानून अनि नियम कार्यन्वयन हुन नससक्दा ताला बन्दी भएको आधा महिना १५ दिन वितिसक्दा पनि सरकारी कार्यालय सहित दिनवटा कार्यालय खुल्न नसक्दा अन्यौल र थप जटिलता भएको हो ।

निर्वाचन तालिका प्रकाशित भै निर्वाचन कार्यक्रम अगाडी बढीरहेको अवस्थामा धनकुटा उद्योग बाणिज्य संघको निर्वाचनमा नया सदस्य पुन खुल्ला गर्नु पर्ने माग राख्दै नेकपा सर्मित केही व्यक्तिह?ले नेपाल सरकारसंग सम्वनिधत प्रमुख जिल्ला अधिकारी अध्यक्ष भएको यूवा तथा साना व्यवसायी स्वरोजगरा कोष सचिवालयद्धारा संचालित कोषको जिल्ला सयोजन तथा अनुगमन समितिको कार्यालय र उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौको समन्वयमा संचाचित ग्रामीण उद्यम तथा बिप्रेषण आयोजना समृद्धिको कार्यालयका साथ धनकुटा उद्योग बाणिज्यको कार्यालय १५ दिन अघि देखी ताला बन्दी गरेका हुन ।

निर्वाचिन समितिले धनकुटा उद्योग बाणिज्य संघको निर्वाचन मंसिर २८ गते गर्ने गरी साधारण सभाको दिन मंसिर २३ गतेनै निर्वाचन तालिका प्रकाशित गरी निर्वाचन प्रक्रिया अगाडी बढेसकेपछी मंसिर २४ गते विहान निर्वाचन स्थगीत गरी नया सदस्यता खुल्ला गरी मतदाता नामावलीमा समावेश गर्न माग गर्दै नेकपा समर्थित केही व्यक्तिह?ले धनकुटा उद्योग बाणिज्य संघको कार्यालय सहित त्यहा रहेको तिन वटा कार्यालयमा तालाबन्दी गरेका हुन ।

ताला बन्दी लगाएपछि सम्वन्धित पक्ष र सरोकारवाला निकाय विच पटक पटक वार्ता भै निर्वाचन तालिका प्रकाशि भै निर्वाचन अगाडी बढीरहेको र साधारण सभा समेत सम्पन्न भैसकेकोले नया सदस्य बनाई मतदाता नामावलीमा थप गर्न नसकिने सम्वन्धित सरोकारवाला पक्षले अवगत गराउदा पनि ताला लगाउने पक्षले ताला नखोलेको र कानुन कार्यन्वयन गर्ने निकाय प्रमुख जिल्ला अधिकारीले समेत कानुनको कार्यन्वयन नर्गनुले समस्या बढ्दै गएको छ ।

अत्यावाश्यक सरकारी कार्यालय नभएकोले ताला नफुटाएको धनकुटा प्रमुख जिल्ला अधिकारी डा। कृष्ण घिमिरे वताउनु हुन्छ । नेपाल सरकारसंग सम्वन्धित प्रमुख जिल्ला अधिकारी अध्यक्ष भएको यूवा तथा साना व्यवसायी स्वरोजगरा कोष सचिवालयद्धारा संचालित कोषको जिल्ला सयोजन तथा अनुगमन समितिको कार्यालय धनकुटाका प्रमुख बल वहादुर पौडेल भने कार्यालय बन्द हुदा ठूलो समस्या भएको सेवाग्रही आउने गुनासो गरेर त्यतिकै फर्केर जाने गरेको वताउनु हुन्छ ।

सरकारी कार्यालय सहित तिनवटै कार्यालयका कर्चमारीह? प्रत्येक दिन १० बजे आउने र ४ बजे कार्यालय परिसरमानै वसी फर्कने गरेको कर्मचारीह? वताछन । हार हुने निश्चित भए पछि नियम बिपरित अनेकौ बखडा झिकी नेकपाका केही व्यक्तिह?ले ताला बन्दी गरी लोकतन्त्रकै उपहास गरेको यहाका व्यावसायी तथा व्यापारीह? वताउछन ।

धनकुटा उद्योग बाणिज्य संघको निर्वाचनका लागी नेपाली कांग्रेसले व्यवासायीह?को नेतृत्वमा वृहत लोकतान्त्रिक समुहको प्यानल बनाई निर्वाचन प्रचार प्रसार गरीरहेका छन भने नेकपा सर्थित व्यावसायीह?ले अहिले अध्यक्षको उम्मेदवार वाहेक अन्य उम्मेदवारह? तय गर्न सकेको छैन । निर्वाचनमा पराजयको डरले नियम विपरित नेकपा केही व्यक्तिह?ले निर्वाचन रोक्न सरकारी कार्यालय सहित उद्योग बाणिज्य संघ धनकुटाको कार्यालयमा लगाएको ताला १५ दिन बितिसक्दा पनि विधि विधान र कानुनको प्रयोग गरी प्रमुख जिल्ला अधिकारीले खोल्न नसक्नुले धनकुटा जिल्लामा विधि विधान र कानूनको अन्त्य भएको छ ।

धनकुटाकै बेईजेत भएको र धनकुटेलीलाई लत्जा बनाएको धनकुटावासी बताउछन । जित्नेले हार दिनु पर्ने र हार्नेले विधि विधान मिचेर भए पनि जवरजस्ती जित्नै खोज्नुले धनकुटामा गलत सस्कार शु? भएको यहाको व्यावसायीह?को चिन्ता व्यक्त गरेका छन । धनकुटा उद्योग बाणिज्य संघलाई बचाएर अभिलम्व लोकतान्त्रिक प्रणालीबाट नेतृत्व चयन गर्नु पर्ने माग लोकतान्त्रिक पक्षधर व्यावसायीह?को माग गरेका छन । संस्था नरहे पनि आाफुह?ले जित्ने वातावरण नभए सम्म ताला नखोल्ने अडानमा ताला लगाउनेह? रहेका छन ।

निर्वाचन समितिका आयुक्त विकास प्रधानले निर्वाचनको वातावरण बनाउन सवैलाई सहयोग गर्न आव्हन गर्दै नया निर्वाचन तालिका प्रकाशिल गर्ने सूचना प्रकाशित गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी र उद्योग बाणिज्य संघका तत्कालिन अध्यक्ष उमेश घिमिरेले राजनैतिक दलह?लाई अहिलेको समस्यमा समाधान गर्न आग्रह गरेपछि पटक पटक सर्वपक्षिय बैठक तथा भेला गरी छलफल गर्दा पनि समाधान हुन नसकेपछि विधि र बिधान अनु?प अगाडी बढ्ने सहमती भएपतिा पनि ताला लगाउने पक्ष ताला खोल्न सहमत नभएपछि समस्या झन जटिल भएको निर्वाचन समितका सदस्य खगेन्द्र घिमिरे वतउनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button