धर्म संस्कृतिसमाचार

ख्रिष्टीय समाजले ख्रिष्ट्मस को शुभकामना आदानप्रदान गर्यो

सुनसरीको धरानमा ख्रिष्टीय समाजले ख्रिस्ट्मसको अवसरमा धरानका पत्रकारहरु सङ्ग शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । ख्रिस्ट्मसको बुधबार बेलुकी साँझ होटल इजिराइडर्स मा एक कार्यक्रम आयोजना गरी सहभोज सहित शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम मा शुभकामना मन्तव्य राख्दै प्रदेश १ इसाइ समाज का महासचिव पास्टर मेहर मान ह्युज गिरिले नेपालमा हाल १९ लाख माथि ईसाइ हुँदा पनि सरकारले ईसाइहरुलाई बेवास्ता गरेको भन्दै देशमा शान्ती स्थापना र बिकासको निम्ती इसाइहरुले दिनरात प्रार्थना ,कामना गरेको बताए । बिभिन्न मिडिया हरुका पत्रकारहरुले सरकार लाई खवरदारी गर्ने कार्य गरेपनी सरकारले बेवास्ता गरेको भन्दै इसाइहरुको बारेमा संचार माध्यमले कलम चलाउदै आएकोमा सञ्चारकर्मीलाई पास्टर गिरीले धन्यवाद समेत दिएका थिए ।

ईसाइ धर्ममा आस्था राख्ने ईसाई धमलम्बधीहरुले शुभकामना कार्यक्रम लगायत सबै प्रकारका कार्यक्रममा पत्रकारलाई कार्यक्रमको जानकारी गराए ईसाईहरुको बारे रिपोटिङ गरेर समचार सम्प्रेषरण गर्न सहज हुने नेपाल पत्रकार महासंघ शाखा सुनसरीका उपध्यक्ष सन्तोष काफ्ले बताए । धर्म व्यक्ति को आस्था भएको कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. टंक न्यौपानेले बताए ।

व्यक्तिले जहाँ पनि आस्था राख्न पाउनु पर्छ भन्दै धर्मको नाममा बिदा दिनु हुन्न ,सार्वजनिक विदा राष्ट्रको बिषयमा मात्र डा. न्यौपानेको भनाई थियो । ‘व्यक्तिले जुन धर्म मान्छ उस्ले बिदा पाउनु पर्छ , राज्य मिसिनु हुन्न,धर्म निरिपेक्ष भए पछि राज्य मुसिनु हुन्न , नत्र भने सबै धर्म लाई बिदा दिनु पर्छ राज्यले सम्मान भावमा बिदा दिनु पर्छ,व्यक्तिगत आस्था मा राज्य मिसिनु हुन्न,हरेक धर्म सम्प्रदाय हाम्रै हुन,दसै तिहार मा धेरै बिदा हुनु धर्म निरिपेक्ष हैन, बोनस पाउनु गलत हो, यस्ता कार्य बन्दा गरिनु पर्छ ’ डा. न्यौपानेले भने ।

ख्रिष्ट्मसको बिदाको लागि अघिल्लो दिन सम्म पनि गृह मन्त्रालय सहित प्रदेश सरकार सम्म फोन कन्ट्याक्ट गर्दा सम्म छुट्टी नपाएको नेपाल इसाई समाजका सचिव रेभरेन्ट कुवेर गुरुङ्गले बताए । ‘सरकारले हाम्रो मागको बेवास्ता गरेको छ , यसमा पत्रकारहरुको कलम द्वारा केही शब्द लेखिदिन आग्रह गर्दछु’ उनले भने ।

राज्यले दिने सेवा सुविधा उपभोग गर्न ईसाइहरु बन्चित रहेको छ , नेपाली इसाईहरु तेस्रो दर्जाको नागरिक हैनौ तर सरकारद्वारा तेस्रो दर्जा को जस्तो ठानिन्छ । नेपालको इसाईहरुका कारण मुलुक धरापमा परेको छैन,पदैन ,बरु हामी यो देशका लागि गर्दन थाप्न तयार छौं । नेपालमा इसाई धमलम्बीहरु बड्नुमा कुनै लोभ लालच छैन’ गुरुङ्गलेनले भने । ख्रिष्टीय समाजका अध्यक्ष रेभ रेन्ट शामुएल राइको अध्यक्षता शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button