अन्तर्राष्ट्रियसमाचारहेडलार्इन

९५ यात्रु बोकेर उडेको जहाज कजाकस्तानमा खस्यो

पाँच चालक सदस्या रहेको ९५ यात्रु बोकेर उडेको जहाज कजाकस्तानमा खसेको छ । मध्य एसियाली मुलुक कजाकस्तानमा शुक्रबार बिहान एक यात्रुवाहक जहाज दुर्घटनामा परेको हो ।

बेक एयरको फ्लाइट नम्बर २१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै एक बारमा ठोक्किएको थियो । त्यसपछि दुई तले घरमा बजारिएो जहाज टुक्राटुक्रा भएको छ ।

राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९५ यात्रु र पाँच चालक दलका सदस्य थिए । दुर्घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने जीवितहरूको उद्धार प्रयास जारी रहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button