अन्तर्राष्ट्रियजीवन शैलीसमाचारहेडलार्इन

७७ वर्षे बृद्धाले २६ वर्षकी युवतीसँग विवाह गर्दा यस्तो घट्ना भयो

फ्लोरिडाकी एक युवतीले विवाह गरेको केही दिन पछि नै आफ्ना उमेरदार श्रीमानमाथि कथित रुपमा करोडौंको ठगी गरेकी छिन् । अधिकारीका अनुसार २६ वर्षीया लिन हेलेन हाल्फनलाई आफ्नो ७७ वर्षे श्रीमान् रिचर्र्ड यापापोर्टको अकाउन्टबाट धोकापूर्ण तरिकाले चेकबाट नगद सटही, सम्पत्ति शुद्धिकरण र शोषणको आरोपमा पक्राउ गरिएको छ ।

सोमबार हाल्फनलाई अदालतमा पेश गर्दा उनले आफूलाई दोषी नबताउन अपिल गरिन् । थाम्पा बे टाइम्सको रिपोर्ट अनुसार जब हाल्फन थाम्पालाई एक चेक–क्यासिङ स्टोरमा श्रीमानको अकाउन्टबाट १ मिलियन डलर ९करिब ११ करोड रुपैयाँ० को चेक साट्न जाँदा उनीमाथि शंका गरएको थियो । स्टोरका कर्मचारीले चेक साट्न अस्विकार गरेका थिए । हाल्फनले त्यसै दिन अन्य तीन चेक पनि साट्ने कोसिस गरेकी थिइन् ।

जब अनुसन्धानकर्ताले हाल्फनका श्रीमानर्् यापापोर्टलाई संदिग्ध चेकबारे जानकारी दिए तब आफूले हाल्फनलाई एउटा मौका दिन चाहेको बताए ¥यापापोर्टले आफ्नी श्रीमतीलाई उनको मूल देश इजराइल प्रत्यर्पण गराउन नचाहेको पनि बताए । अधिकारीले भने, ‘हाल्फनले करिब ६ लाख डलरको दुईवटा चेक साट्न सफल भइन् । डिसेम्बर १० तारिखमा अनुसन्धानकर्ता पुनः एकपटर्क यापापोर्ट भएठाउँ पुगे र सोधे, ‘के तपाईंले यसपटक आफू ठगिएको र पीडित भएको महसुस गरिरहनुको छ ?’ यसपटक उनले ‘हो’ मा जवाफ दिए ।’

हाल्फनलाई १६ डिसेम्बरमा थाम्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । हाल्फनका वकिल टोड फोस्टका अनुसार उनी इजरायली नागरिक हुन् र उनले ग्रीन कार्डका लागि निवेदनमा पनि दिएकी छिन् । फोस्टरले भने, ‘हाल्फन र ¥यापापोर्ट एकअर्कालाई अत्यधिक माया गर्छन् र उनले चोरी गर्नुपर्ने कुनै कारण नै छैन । जहाँसम्म मलाई थाहा छ यो विवाह पूर्ण रुपमा वैध छ ।’ फोस्टरले हाल्फनमाथि लागेको चोरीको आरोपमा भने, ‘मेरो क्लाइन्ट यो देशको नागरिक होइनन् र उनलाई अमेरिकी बैंकिङ्ग व्यवस्थाबारे खासै जानकारी नभएको हुनसक्छ ।’

     एजेन्सी

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button