
धरान,
सुनसरीको धरानमा २० औ गोधुली रनिङ्ग कप यही पौष १९ गने देखि हुने भएको छ । २०५० साल भदौ २० गते स्थापना भई सोही वर्षबाट सञ्चालन गर्दै आएकोे वडा स्थारीय गोधुली फुटबल रनिङ्ग कपको २० औँ संस्करण पौष १९ गतेदेखि माघ ४ गतेसम्म हुने भएको हो ।
गोधुली क्लब धरानको आयोजनामा हुने उक्त प्रतियोगिता धरान १६ स्थित प्रादेशिक रङ्गशालामा खेलाइने शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुने टिमलाई आयोजकले २० औं संस्करणमा सामाजिक कार्य गर्नका लागी अनुरोध गरेकोे क्लबका सचिव युवराज अधिकारीले जानकारी दिए ।
खेलाडीहरूलाई सामाजिक उत्तरदायित्व तर्फ अग्रसर गराउनका लागि यस प्रतियोगितामा सहभागी हुने क्लबले आफनो वडामा केही सामाजिक कार्य गरेको हुनुपर्ने सचिव अधिकारीले बताए । प्रतियोगिताको बिजेतालाई यस पटकको पुरस्कार राशी बढाएर नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेतालाई समेत बढाएर गरी नगद ५५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।
यस पटकको प्रतियोगितामा ८ वटा विधागत पुरस्कार समेत आयोजकले राखेको छ । उत्कृष्ट खेलाडीलाई नगद ११ हजार उदयीमान खेलाडीलाई ५ हजार ५ सय उत्कृष्ट डिफेन्डर, म्यान अफ द म्याचलाई ५ हजार ५ सय, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५ सय, उत्कृष्ट कोचलाई ५ हजार ५ सय र सर्वोत्तम गोलकर्तालाई नगद ७ हजार ५ सयले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगीतामा एक क्लबबाट २० खेलाडी र २ अफिसियल गरी २२ जना सहभागी हुन पाउने आयोजकको भनाई छ । प्रतियोगिताको प्रवेश शुल्क ५ हजार रहेको छ । धरान वडा नं.१७ मा गोधुली क्लबको नाममा भएको १५ धुर जग्गामा यसै वर्ष देखि भवन निर्माणको थालनी गरिने क्लबका अध्यक्ष देश कुमार राईले पत्रकार सम्मेलनमा बोल्दै जानकारी दिए ।