धरान,
सुनसरीको धरान —१८ मा अवस्थित डिपो स्कूलको ५७ औं स्थापना तथा अभिभावक दिवसको अवसरमा धरानका मेयर तिलक राई अभिनन्लित भएको छ । स्कुलले आप्mनो ५७ औ स्थापना तथा अभिभावक दिवसको अवसरमा स्थानीय तह उपनिर्वाचनवाट गत मंसिरमा निवाचित धरान उपमहानगरपालिकाका मेयर तिलक राईलार्ई अभिनन्दीत गरेको हो ।
मेयर राई लाई डिपो विद्यालय व्यवस्थापन प्रमुख पुर्व व्रिटिस गोर्खा मेजर श्रवण कुमार लिम्वुले अभिनन्दित गरेका हुन । नगर प्रमुख मेयर तिलक राई डिपो स्कुलका २०४७ व्याचका पुर्व विद्यार्थी हुन । पुर्व व्रिटिस गोर्खा आर्मी द्धारा संचालित विद्यालयको विद्यार्थी साथै पुर्व व्रिटिस गोर्खा आर्मीको छोरा समेत रहेका तिलक राई धरान उपमहानगरपालिका नगरको प्रमुख हुदा सिंगो विद्यालय परिवार नै गौरर्वान्दित भएको महसुस भएको डिपो क्याम्पस प्रमुख राजकुमार राईले कार्यक्रममा बोल्ने क्रममा वताएका थिए ।
कार्यक्रममा बोल्दै अभिनन्दित मेयर राईले विद्यालय व्यवस्थापनको प्रशंसा संगै सुझाव दिएका छन् । विद्यालय व्यवस्थापन समितिले विद्यालयलाई कुनै लोभलालच नगरिकन निस्वार्थ रुपमा रगत पसिना वगाएर यहाँ सम्म ल्याइपुर्याकोमा धन्यवाद दिंदै मेयर राईले प्रशसा गरेका थिए । समिति सदस्यहरु सवै पुर्व व्रिटिस गोर्खा आर्मी भएको र रिटार्यड लाइफ विताइरहको उनिहरु अनुशासित हुनुका साथै उनिहरुमा कुनै लोभलालच नभएको समेत मेयर राईले भने । मेयर राईले विद्यालयको अझ प्रगती गर्न र अगाडी बढाउन व्यवस्थापन समिति एकपाटे भएर चल्न नहुने मेयर राईको सुझाव थियो ।
बिद्यालयको अभिभावक दिवसमा नर्सरि देखि कक्षा १२ सम्मका प्रथम, दोस्रो र तेस्रो हुने उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीका अभिभावकहरु समेतको वाक्लो उपस्थिति रहेको कार्यक्रम विद्यार्थीहरुले फेशन सो, नाटक र नृत्य प्रस्तुति गर्नुका साथै विद्याथीहरुले आप्mनो विषय अनुसार विज्ञान प्रविधि, कम्प्युटर प्रविधि, कला साहित्य प्रदशनी गरेका थिए ।