
मोरङ्ग,
मोरङ्गमा नेत्रहिन दुई बालिका भेटिएका छन् । अहिलेको बर्ष सबैभन्दा बढि जाडो भएको बर्ष हो । पौषको जाडो,न त शरिर ढाक्ने कपडा छ, न त भोक मेटाउने खानेकुरा नै, देख्दैन । उनीहरु मोरङको केराबारीमा भौतारिरहेका छन ।
मोरङको केराबारी गाँउपालिका वडा नम्बर २ सिंहदेबी फाङ्दुवाका यी दिदिबहिनीहरु दुःख र अभावमा जीवन ब्यतित गर्न बाध्य भएका छन । उनीहरुका बुबाको मृत्यु भइसकेको छ भने आमाले पनि आँखा देख्दिनन् । खान लाउन त समस्या छदैछ, जाडोमा उनीहरु एकसरो लुगाको भरमा बस्न बाध्य भएका छन ।
उनी दुबैजना आँखा राम्रोसँग देख्दैनन् उनहरुकी एकजना दिदि पनि छन् उनी पुरै अपाङ्ग छिन । उनीहरुको परिवार पिडामा रहेका छन । उनीहरुको मार्मिक तस्विर सामाजिक सञ्जालमा राख्दै लेटाङकी समाजसेबी शान्ति लामाले सहयोगका लागी अनुरोध समेत गरेकी छिन ।