अन्तर्राष्ट्रिय

कोरोना भाइरसले ९ को मृत्यु अमेरिका सम्म पुग्यो, उत्परिवर्तन हुने खतरा,

[mashshare]

चीनमा देखिएको कोरोना भाइरस विश्वभर फैलिने खतरा बढेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले नयाँ भाइरस उत्परिवर्तन हुन सक्ने र थप फैलन सक्ने चेतावनी दिएका छन् । चिनियाँ सरकारले कोरोना भाइरसबाट मर्नेको संख्या ९ पुगेको जनाएको छ । ४ सय ४० जनामा कोरोना भाइरस भएको पुष्टि समेत भएको बीबीसीले उल्लेख गरेको छ । कोरोना भाइरस मानवदेखि मानवसम्म सरेको पाइएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीले चीन रोकथाम र नियन्त्रणको सबैभन्दा कठिन चरणमा रहेको बताएका छन् ।

अमेरिकामा पनि फैलियो

कोरोना भाइरस अमेरिकामा पनि पुगेको छ । गत जनवरी १५ मा चीनबाट फर्किएका करिव ३० बर्षका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको हो । कोरोनाबाट पीडित भनिएका ती व्यक्तिका परिचय भने अहिलेसम्म गोप्य नै राखिएको छ । यो दक्षिण कोरियामा पनि फैलिसकेको छ । नेपालमा पनि फैलन सक्ने खतरा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button