समाचारस्वास्थ्यहेडलार्इन

चीनमा रहेका कोरोना प्रभावित नेपालीलाई स्वदेश ल्याईने

[mashshare]

बेइजिङ

बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले चीनको हुपै प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्ने भएको छ । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुपै प्रान्तमा रहेका नेपालीहरूको उद्धार गर्न नेपाल सरकारले निर्णय गरेको हो ।

चीनमा रहेका नेपालीलाई चाटर्ड गरेर ल्याउन विमानको तयारी भइरहेको नेपाली दूतावासले जनाएको छ । हुपै प्रान्तभित्रका विभिन्न शहरमा रहेका नेपालीहरू सङ्क्रमित नरहेको बताइएको छ । नेपाल फर्कन हुपैमा रहेका नेपालीहरूले आवश्यक फाराम भर्नुपर्ने छ । उक्त फाराम दूतावासको वेबसाइटमा उपलब्ध रहेको दूतावासले जानकारी दिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button