समाचारस्थानीय

घेदुङद्धारा कवि सुदिप पाख्रिन सम्मानित

धरान,
धरानका युवा कवि सुदिप पाख्रिन सम्मानित भएका छन् । साहित्य विधामा विभिन्न कृतिहरु प्रकाशन गरी नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल तामाङ घेदुङले सोनाम ल्होछार २८५६ सांस्कृतिक महोत्सवका अवसरमा उनलाई सम्मान गरेको हो । उनलाई नेपाल तामाङ घेदुङका संघीय सचिव रामकृष्ण लामा, संघीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, प्रदेश सदस्य लोकबहादुर थिङ, जिल्ला अध्यक्ष सुरज लामा, धरान १५ नं. ईकाई अध्यक्ष टंक योञ्जन, साहित्य साधक निला तामाङ लगायतद्धारा सम्मान–पत्र, दोसल्ला, खदा र तामाङ टोपीले सम्मान गरिएको छ ।

कवि पाख्रिनको मौनता र दगुरिहिंड्ने चौवाटो दुई कविता सङ्ग्रह प्रकाशित भएका छन् भने नियात्रा सङ्ग्रह र कविता सङ्ग्रह प्रकाशनको अन्तिम तयारीमा रहेका छन् । उनले आप्mनो मातृसंस्थावाट सम्मानित भएकोमा गौरव महशुष गदैै थप हौसला र प्रेरणा मिलेको बताए । भविष्यमा अझ सशक्त भएर साहित्य क्षेत्रमा कलम चलाउने कवि पाख्रिनले सुनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button