समाचारसमाज

‘भ्यालेन्टाइन डे’ का दिन एक जोडीले आत्महत्याको प्रयास

धरान,

सुनसरीको धरानमा प्रणय दिवस अर्थात् (भ्यालेन्टाइन डे) का दिन एक जोडी आत्महत्या गर्ने प्रयास गरेका छन् । शुक्रबार भ्यालेन्टाइन डेका दिन धरानको शिवजट्टा जाने बाटोको गैरीगाउँमा आत्महत्याको प्रयास गरेको हो । गाउँमा जोडी आएको देख्दा स्थानीयवासीले भ्यालेन्टाइन डेमा केटा र केटी घुम्न आएका होलान् भन्ने सोचेका थिए । तर ती जोडीले एकाएक आत्महत्याको प्रयास गर्न थालेपछि उनीहरु अचम्मित भए ।

गाउँमा हल्लाखल्ला भयो । केटाले बियरको बोटल फुटाएर घाटिमा रेट्न खोजे । अनि नजिकै सिउरिएर राखिएको फलामको रडले आँफै घोपिन पुगे । यसरी आत्महत्याको प्रयास गरिरहेका युवयुवतीलाई स्थानीयवासीले रोके । ती युवा बेहोस भए । युवती ती युवाको नजिकै घोप्टिएर रुन थालिन् । गैरीगाउँबासीले प्रहरीलाई खबर गरे । प्रहरी नआई घाईतेलाई उद्दार गर्न पनि स्थानीय डराए । प्रहरी आएपछि घाइते युवालाई उपचारका लागि अस्पताल लगियो । घाइते युवाको अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

आत्महत्या प्रयास गर्ने युवा सहिदभूमी गाउँपालिका ६ छिन्ताङ धनकुटाका रुकमान राई रहेको प्रहरीले जनाएको छ । आत्महत्या प्रयास किन गरे भन्ने बारेमा केही खुलीनसकेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button