
धरान,
नेपालमा बेला मौकामा बिभिन्न संघसंस्थाहरुले बिभिन्न कार्यक्रम गरी आफनौ बार्षिक,सधारणसभा,रजत जयन्ती,हिरक जयन्ती जस्ता कार्यहरु गरी मनाई नै रहेका हुन्छन । कसैले साताब्यापी रुपमा त कसैले एकै दिन, कसैले त ५० औ तथा सयौ बर्षगाठकै रुपमा पनि मनाउने गरेको छ यहि सन्दर्भमा धरान १२ मा रहेको देशैभरीको सामुदायिक बिद्यालयहरुमध्येका एक नमुना बिद्यालयको रुपमा रहेको पब्लिक हाई स्कुलको द्धृष्य भने फरक देखियो ।
पब्लिक हाइस्कुलको खेल मैदान भनेपछि धरानको हरेक समयमामा भईराख्ने कार्यक्रम स्थल पनि हो भनेर सबैले चिनिने गर्छन । राजनितिक कार्यक्रम होस वा सामाजिक ठूला नेतादेखि कलाकारसम्म यही पब्लिक हाइस्कुलको मैदानमा गुन्जीने गर्छन र सबै उपस्तिहरुको ताली पाउछन । तर तिनीहरु हिड्ने बाटो भने भुलेका हुन्छन् । छाताचोकदेखि धरान उपमहानगरपालिका गेटसम्म नपुग्ने कोही छैन ।
अझ भनौं भने छाताचोकदेखि पानी ट्याङ्कीसम्मको सडक त जो कोही सर्बसाधारणदेखी नेता कर्मचारी पत्रकार,कलाकार जो कोहीले पनि हिडेकै छ । तर यो बाटो कस्तो छ भनेर कसैले सोच्दैनन कि फोहोर छ वा सफा छ भनेर । उता धरान उपमहानगरपालिकाले अहिले धरानमा राति नै फोहोर उठाउने ब्यवस्था नमिलाएको भने होईन तर त्यसको स्वतः असर पनि सबैसाधारण्हरुमा पर्दोरहेछ । बेलुका फोहोर उठाए बिहानसम्म सडकमा फेरि फोहोर जम्मा भइहाल्छ ।
यहि कुरालाई मध्यनजर गरी बुधबार पब्लिक हाइ स्कुलकै विद्यार्थीले सडक सफा गर्न निस्किँदा अघिपछि तुल ब्यानर, नाराबाजी सहितको रयाली निस्कियो । यो दृष्य भने त्यतीकै निकालिएको भने होईन यो त केवल किद्यालयको ७३ औं वार्षिकोत्सवको पुर्व सन्ध्याको अवसर पारी सरसफाइ कार्यक्रम आयोजना भएको दिनमा निकालीकोे हो ।
सरसफाइ कार्यक्रममा सहभागीको हातमा तुल र ब्यानर होइन, फोहोर फाल्ने डस्विन, कुचो आदि थियो । त्यो पनि फोहोर सहितको । सहभागीले हिडेर मात्रै रुट पूरा गरेनन, आफू हिँडेको बाटोमा भेटिएको फोहोर टिपे । उनीहरूले बाटोको मात्रै फोहोर टिपेनन, घर तथा पसल अगाडिको फोहोर टिपिदिए । धरान–१२ को सडक परिक्रमाकै क्रममा भेटिएको फोहोर टिपेपछि सडक थोरै भएपनि सफा भएको थियो ।
‘वार्षिकोत्सवलाई कसरी सिर्जनात्मक बनाउने र धरानेलाई पब्लिकका विद्यार्थीले कसरी फरक तरिकाले सन्देश दिने भन्ने हामी बीच छलफल भएरै नै यस्तो कार्यक्रम आयोजना गरिएको पब्लिक हाइस्कुलका प्राचार्य इन्द्र मोहन झाले बताउनुभयो ।
एहाका अनुसार कार्यक्रममा प्राचार्य झा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की, प्लस टु कोअर्डिनेट वीरेन्द्र शाह लगायत, विद्यार्थी, शिक्षक हरुले फोहोर टिपेका थिए । आफूले टिपेको फोहोरसँगै सडक परिक्रमा गरेको रयालीले बजारवासीलाई आफूले उत्पादन गरेको फोहोर आफंै विसर्जन गर्दा सरसफाइमा थप टेवा पुग्छ भन्ने सन्देश दिएको प्रधानाध्यापक झाको भनाई थियो ।
यस्तो शैलीले पनि युवाहरूलाई रचनात्मक काममा परिचालन गर्न सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए । सोही क्रममा बिद्यालयका विद्यार्थीहरुले सडक सफा गर्ने क्रममा सडक फोहर गर्नेहरूलाई जथाभावि फोहोर नगर्न अनुरोध पनि गरेका छन् । बिद्यालयको ७३ औं वार्षिकोत्सव आज बिहिबार बिबिध कार्यक्रम गरी मनाईदैछ ।