खेलकुदसमाचार

मनाङले बेलबारीलाई ४ (० ले हराउदै बुढासुब्बा गोल््डकपको सेमिफाइनलमा

धरान,

मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनल खेलमा बेलबारी फुटबल क्लब विरुद्ध ४(० गोलले बेलबारी लाई हराउदै सेमिफाईनलमा पुगेको हो । मनाङलाई जिताउन दयानन्दले २ गोल गरे भने निशान लिम्बू र विमल रानाले समान एक(एक गोल गरेका थिए । मनाङले खेलको २३ औं मिनेटमा निशान लिम्बूको गोलमा शुरुआती अग्रता बनाएको थियो ।

खेलमा दुई गोल गरेका दयानन्द म्यान अफ द म्याच घोषित भए । यससँगै मनाङ सेमिफाइल पुग्ने तेस्रो क्लब बन्यो । यस अघि यूके एफसी भारत र विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फूटबल क्लबलाई हराउँदै युके एफसी अन्तिम चारमा प्रवेश गरेको हो । अब मनाङले सेमिफाइनलमा यूकेएफसीसँग प्रतिष्पर्धा गर्ने भएको छ । यस्तै प्रतियोगिताको दोस्रो खेलमा पुलिसले मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई हराउँदै सेमिफाइनलमा पुगीसकेको छ । प्रशिक्षकको भनाई

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button