
धरान
भारतको युनाइटेड कर्साङलाई हराउदै एनओसी मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
बुधबार धरान १६ स्थित धरान रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा मनाङले कर्साङलाई २–० गोलअन्तरले हराएर फाईनल यात्रा तय गरेको हो । मनाङको जितमा विमल राना र दयानन्द सिंहले गोल गरेका थिए । विमलले पहिलो हाफको १९ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए भने दयानन्दले दोस्रो हाफको इञ्जुरी समयमा गोल गर्दै मनाङको जित सुनिश्चित गरेका थिए ।
कर्साङले खेलमा राम्रै पर्दशन गरेपनि जीत आफनो हातमा पार्न भने सकेन उसले खेलमा पाएको अवसरहरु पनि सदुपयोग गर्न नसक्दा हार बेर्हाेर्दे खेलबाट बाहिरीयो । आजको पहिलो सेमीफाइनल खेलको म्यान अफ दि म्याच कर्साङका आशिष देवान घोषित हुदै नगद १५ हजार पाएका छन भने वेष्ट गोल आफ दि म्याचको पुरस्कार मनाङका दयानन्द सिंह हुदै नगद ५ हजार पाएका छन ।
प्रतियोगितामा भोली बिहिबार दोस्रो तथा अन्तिम सेमीफाइनल खेल पुलिस क्लब र मछिन्दै्र क्लबबीच हुनेछ भने अब मनाङले आउदो शनिबार फाइनलमा भोली बिहीबार हुने नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीचको विजेतासंग खेल्नेछ ।