समाचारस्वास्थ्यहेडलार्इन

उपचारको बिल भुक्तानी गर्न नसकेर बन्धक बनाइएका युवालाई धरान ल्याईयो(भिडियो सहित)

दिल बहादुर राई/धरान

अस्पतालमा बन्धक बनाईएका युवाको उद्धार गरिएक२० वो छ । संखुवा सभा खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षिय जीवन भुजेलको उद्धार गरिएको हो । विराटनगरको विराट नर्सिङ होममा उपचार गराएको पैसा तिर्न नसक्दा भुजेललाई साढे ८ महिना सम्म विराट नर्सिङ होममा बन्धक बनाइएर राखिएको थियो ।

बन्धक बनेका भुजेललाई प्रदेश १ की सांसद पदमकुमारी गुरुङको पहल र धरान–संखुवासभा सरोकार समाजको अगुवाइमा उद्धार गरी अस्पतालबाट निकालेर धरान ल्याईएको छ । सोमबार धरानमा पत्रकार सम्मेलन गदै विगत साढे महिना सम्म भुलेज बिराट नर्सिङ होममा बन्धक बनेको धरान–संखुवासभा सरोकार समाजका संयोजक मिङ्मा भोटेले जानकारी दिए । भुजेललाई अस्पतालबाट उद्धार गर्न आर्थिक सहयोग धरान–संखुवासभा सरोकार समाजले २४ हजार बढी, अभियन्ता काठमाडौं रविन ढकाल २ लाख, सविना थापा खाँदबारी–९ (हाल अष्ट्रेलिया), हङकङबाट धर्म राईको नेतृत्वमा २ लाख ९३ हजार, खाँदबारी नपाका मेयर मुरारी खतिवडा र संघीय सांसद राजेन्द्र गौतमको पहलमा गृहमन्त्रालयबाट ५ लाख, खाँदबारी नपाबाट एक लाख सहयोग पाएपछि उनको उद्दार गरिएको समाजका अध्यक्ष मिङ्मा भोटेले जानकारी दिए । उनले अस्पतालसँग समन्वय गरेर ५ लाख, औषधि पसललाई ९० हजार, २३ हजार लगायत गरी करिब ७ लाख रूपैयाँ बिराट नर्सिङ होमलाई भुक्तानी गरेर पिडितलाई धरान ल्याईएको पत्रकार सम्मेलनमा बोल्दै भोटेले जानकारी दिए ।

अध्यक्ष भोटेका अनुसार दोस्रो चरणको अप्रेसन कुनैपनि अस्पतालमा नहुने र त्यो अप्रेसन काठमाडौंको टिचिङमा मात्रै हुनेछ । चिकित्सकका अनुसार दोस्रो चरणको उपचार टिचिङमा मात्रै हुने र सो उपचारपछि मात्रै ती युवाको आवाज फर्किनेछ । भुजेललाई सहयोग गर्नका लागि विभिन्न संघ संस्था र व्यक्ति सक्रिय भएर लागेका थिए । सरोकार समाजका प्रतिनिधि सोमबार उनलाई उद्दार गर्न विराट नर्सिङ होम पुगेका थिए । दुई लाख ९७ हजार अस्पतालले छुट दिएको छ । उपचार वापतको खर्च पाएपछि अस्पतालले युवालाई सोमबार डिस्चार्ज दिएको छ ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका युवाले उपचार खर्च तिर्न नसक्दा लामो समयदेखि अस्पतालमै बन्धक बनेर बस्नुपरेको बताउँदै भोटेले उद्धार गरेर थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लाने तयारी गरिएको जानकारी दिए । जीवनलाई अबको अप्रेसनका लागि सबैलाई सहयोगको आग्रह गरे ।

‘जे जति रकम बँचेको छ, त्यसले हामी उपचार गरिहाल्छौं तर रकम नपुग्ने नै देखिन्छ, त्यसैले सबैलाई सहयोगको आग्रह पनि गर्दछौं धरान –संखुवा सभा समाजका सचिव इन्दु योञ्जनले भने । जीवनमाथि भोजपुरको षडानन्द नगरपालिका १ मझुवावेंसीमा गत असार ५ गते आक्रमण भएको थियो । मझुवावेंसीमा खेलमैदान बनाउने जिम्मा लिएका बुवा गणेशसँगै गएका उनलाई सामान्य विवादमा त्यहाँ निर्माणाधिन इर्खुवा हाइड्रोपावरका कामदारले रडले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए ।

प्रहरीका अनुसार घटनामा जीवनको गल्ती देखिएन । आक्रमण गर्नेहरु प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन भोजपुरले मागेको जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर असार ३० गते छुटिसकेका छन् । आक्रमणपछि उनलाई बुवा गणेशले उपचारका लागि धरान हुँदै असार ६ गते विराटनगर लगिएको थियो । उपचार वापत लागेको पैसा खोज्नका लागि भन्दै त्यसको तीन महिनापछि छोरालाई अस्पतालमै छाडेर घर गएका गणेश भने अहिलेसम्म अस्पताल फर्किएनन् । अरु आफन्त पनि सम्पर्कमा आएनन् । गाउँमा ऋण नपाएका कारण छोराको उपचार खर्च तिर्न सक्ने अवस्था नभएपछि बुवा अस्पताल फर्कन नसकेको जीवनका गाउँलेहरु बताँउछन् ।

अस्पतालमा उनलाई साढे ८ महिनासम्म अस्पतालको पाँचौ तलाको सर्जिकल वार्डमा सुरक्षा गार्डको निगरानीमा राखियो । अस्पतालकै कर्मचारीले क्यान्टिनबाट खानेकुरा लगिदिने र हेरचाह गर्ने गर्थे । विपन्न भएका कारण उपचार खर्च तिर्न सक्ने अवस्थामा परिवार नहुँदा जीवन लामो समय अस्पताल भित्र बन्धक बनेर बस्न बाध्य भएको स्थानीयवीको भनाइ छ । जीवन विदेश जाने तयारीमा रहेका थिए तर बिरामीका कारण उनको त्यो सपना सपनामा नै सिमित भयो ।

जीवन परिवारका माइला छोरा हुन् । आमा बितेपछि परिवारमा बुवा, एक दाजु, दिदी र दुई भाइ थिए । आमा सीतुको मृत्यु भएको भदौ १४ मा आमाको वर्ष दिनको काम भयो । उपचार खर्च तिर्न नसकेर भाइ अस्पतालमै बन्धक भएको भन्दै ऋण खोज्नका लागि चारैतिर भौतारिरहेका दाजु नवीनले पनि त्यही तनावका कारण गत कात्तिक अन्तिम साता आत्महत्या गरेको स्थानीयको भनाइ छ । तर दाजुको अन्तिम संस्कार र आमाको वर्ष दिनको काममा पनि जीवन घर पुग्न पाएनन् । घाँटीमा प्वाल पारेर पाइप राखिएकाले उनको बोली आउँदैन । अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राजीवकुमार साहले घाँटीमा रड प्रहार भएका कारण जीवनको घाँटीमा पाइप राख्नुपरेको बताए । जीवनको घाँटीको शल्यक्रिया गरेर पाइप निकालेपछि बोली आफै खुल्ने डाक्टरको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button