मनाेरञ्जनसमाचार

मिस नेपालको अडिसन धरानमा हुदै,(भिडियोसहित)

[mashshare]

धरान

आयोजक हिडन ट्रेजर पुनः नयाँ मिस नेपालको खोजीमा निस्किसकेको छ । विभिन्न स्थानमा अडिसन गर्दै आयोजकको टोली धरान आइपुगेको छ । धरानमा यही मंगलबार मिस नेपाल २०२० को लागि अडिसन हुदैछ । धरानमा पत्रकार सम्मेलन गर्दै आईतबार आयोजकले अडिसनबारे जानकारी दिएको हो । अडिसन मंगलबार धरानको गोर्खा डिपार्टमेन्ट स्टोरमा हुने आयोजकले जनाएको छ ।

अडिसनको लागि मिस नेपाल २०१७ की विजेता निकिता चण्दक र मिस नेपाल अर्थ २०२० विजेता रिया बस्नेत पनि धरान आइपुगेका छन् । मंगलबार हुने अडिशन चण्दक र बस्नेतले लिनेछन् । सोमबार धरानका विभिन्न कलेजहरुमा कार्यक्रमहरु गरिनेछ । केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, युन एन कलेज, धरान सिटी कलेज, धरान मोडल कलेजमा विद्यार्थीहरुसँग अन्र्तक्रिया गर्दै निकिता र रियाले अडिसनबारे जानकारी दिनेछिन् । पुर्व मिस नेपाल चण्दकले तयारी नभएपनि अनुभवकै लागि अडिसनमा भाग लिन युवतीहरुलाई आह्वान गरिन् । उनले हरेक अनुभवले केही नयाँ कुरा सिकाउने पनि धारणा राखिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button