समाचारस्वास्थ्यहेडलार्इन

अमेरिकामा कोरोना भाइरसबाट बचाउने भ्याक्सिन मानिसमा परीक्षण गरिंदै।

अहिले विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरसको भ्याक्सिन अमरिकामा पहिलो पल्ट
मानिसमा परीक्षण गरिएको छ। सिएटलको काइजर पेर्मनेंट रिसर्च फेसिलिटीमा आज ४ जनालाई यो भ्याक्सिन
दिईएको छ। एम एस एन बि सि टेलिभीजनका अनुसार अमेरिकाको सिएटल निवासी ४३ बर्षिया महिला जेनिफ़र
होवार्ड उक्त प्रयोगात्मक खोप लाउने पहिलो व्यक्ति हुन्। उनको भनाई अनुसार सोचाई अनुरुप कुनै असर देखा
नपरेमा ४ हप्ता पछी उनलाई दोस्रो भ्याक्सिन दियिने छ। यो परीक्षण सफल भए पूर्ण रुपमा यसलाई प्रयोगमा
ल्याउन अझै बर्ष दिन लग्न सक्ने विज्ञहरुको भनाई छ ।

भारतमा कोरोना भाइरसको कारण तेस्रो व्यक्तिको मृत्यु

अहिले सम्म छिमेको राष्ट्र भारतमा कोरोना भाइरसबाट संक्रमण हुने व्यक्तिको संख्या १२६ जना पुगेको छ। जसमा सबै
भन्दा धेरै संक्रमित महाराष्ट्रमा भएको उल्लेख गरिएको छ। कोरोनाबाट मर्ने तेस्रो व्यक्तिको उमेर ६४ वर्ष भएको र
दुबईबाट भर्खर फर्किएको बताइएको छ।

सक्षिप्त

* कोरोनाबाट अहिले सम्म संसारको १४८ देश प्रभावित, १६८,०१९ मा संक्रमणको पुष्टी।
* चीनमा कोरोनाबाट ३,२१८ को मृत्यु, जबकि संसार भरीमा यस भाइरसबाट ३,३८८ जनाको रित्यु भैसकेको छ।
* कोरोना आपत कोष बनाउनको लागि भारतले सार्क राष्ट्रहरुसंग १ करोड डलर अपील गरेको छ।
* कोरोनासंग लड्न नूजिलैंडले १२ अरब डलरको राहत प्लान घोषणा गरेको छ।

 

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button