
धनकुटा,
धनकुटामा भएको देभरीका उद्योगी,व्यावसायीहरुले भेलामा मुलुकलाई आर्थिक समृद्धी बनाउन निजि क्षेत्रले सशक्त भूमिका निर्वाह गर्ने सहभागी उद्योगी ,व्यावसायीहरुले बताएका छन् । बुधबार धनकुटा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा यस्तो बनाएका हुन् । दक्षिण एसियाली साफका चेम्वरका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा विशिष्ठ सदस्य चण्डिराज ढकालले नेपालका उद्योगी व्यावासायीहरुको धेरै समस्याहरुरहेकाले यसको समाधान गर्दै मुलुकलाई समृद्धी बनाउन निजि क्षेत्र सशक्त ढंगले लागे मात्र आर्थिक समृद्धीको यात्रा सफल हुने वताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष तथा आसन्न निर्वाचिनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको संभावना रहेकाले उद्योग,व्यावसायबााट मात्र चाडै मुलुलको आर्थिक समृद्धी हुने बताए । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षमा भएको उद्योगी,व्यावसायीहरुको वृहत भेलामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय कोषाध्यक्ष निरज केशी,१ प्रदेश नम्वरका अध्यक्ष नरेन्द्र खड्का,५ नम्वर प्रदेशका अध्यक्ष गुणनिधि तिवारी,केन्द्रिय सदस्यहरु डि वी वस्नेत,राजन श्रेष्ठ,अविनास बोहोरा,श्रीकृष्ण बैद्य,उमेश डाल्मेली,राजेन्द्र श्रेष्ठ,१नम्वर प्रदेशका उपाध्यक्ष राजेन्द्र राउत, इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भीम पौडेल,सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा,भोजपुर उद्योग बाणिज्य संघका अध्यक्ष धु्रवलाल श्रेष्ठ,संखुवासभा उद्योग बाणिज्य संघका अधयक्ष युवराज शाक्य,खोेटाङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष उपिन कुमार राई,तुल्सीपर उद्योग बाणिज्य संघका अध्यक्ष विदुर रावत,सिन्धुली उद्योग बाणिव्य संघका अध्यक्ष उमेश चन्द्र बैदार,उदयपुर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर खड्का,नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी,तुल्सप्पुर उद्योग बाणिज्य संघका अध्यक्ष विदुर राउवत,नेपालगञ्ज उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्य,पाल्पा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष मोहन प्रसाद श्रेष्ठ लगायत विभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघका ३७ जना अध्यक्षहरुले मुलुकलाई चाडै समृद्धी बनाउन सरकारले निजि क्षेत्र संग सहकार्य गरी आर्थिक समृद्धीको यात्रालाई अगाडी बढाउनु पर्नेमा जोड थिएका थिए ।
कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले मन्तव्य व्यक्त राखेकी थिएन् भने कार्यक्रमको संचालन महासचिव राम वहादुर तामाङ्ग गोङ्वाले गरेका थिए । उक्त कार्यक्रममा बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रमको अवसरमा मादक्षिण एसियाली साफका चेम्वरका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा विशिष्ठ सदस्य चण्डिराज ढकाल ,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष तथा आसन्न निर्वाचिनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र प्रसाद ढकाललगायत,प्रदेश अध्यक्षहरु, केन्द्रिय सदस्यहरु र जिल्ला तथा नगरका अध्यक्षहरुलाई सवै अथितिहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले दोसल्ला तथा खादा माला लगाई सम्मान गरेका थिए ।