वुहान लकडाउन पछि आंशिक रूपमा खुला

चीनको वुहान शहर जहाँबाट कोरोनाभाइरसको महामारी शुरू भएको थियो, दुई महिना भन्दा बढी आइसोलेशन पछि आंशिक रूपमा खुला गरिएको छ।

रिपोर्टका अनुसार मानिसहरूलाई वुहान प्रवेश गर्न अनुमति दिइएता पनि शहर बाहिर जान भने निषेध गरिएको छ। हुबेई प्रान्तको राजधानी वुहानमा ५०,००० भन्दा बढी कोरोनाभाइसका घटनाहरू देखा पर्यो। जसमा कम्तिमा ३,००० मानिसको यस रोगबाट मृत्यु भयो।
तर चीनको तथ्यांकका अनुसार अहिले उक्त संख्या नाटकीय ढंगले घटेको छ। अघिल्लो दिन शनिबार मात्र हुबेई प्रान्तमा ५४ वटा नयाँ घटनाहरू देखा परे जुन शहर बाहिरबाट भित्रिएको भनिएको छ।
विदेशबाट भित्रिने घटनाहरु नियन्त्रण गर्न संघर्ष गर्ने क्रममा चीनले सबै विदेशी आगन्तुकहरूलाई अस्थायी प्रतिबन्धको घोषणा गरेको छ, चाहे उनीहरूसँग भिसा वा निवास अनुमति नै किन नहोस्। उसले चिनियाँ र विदेशी एयरलाइन्सहरूलाई प्रति हप्ता एक उडानमा सीमित
गरेको छ भने उडानहरूमा ७५% भन्दा अधिक यात्रुहरु हुनु हुँदैन।