स्वास्थ्यहेडलार्इन

पोर्चुगलमा एउटै फल्याटमा बस्ने ८ नेपालीमा कोरोना

नेपालबाट पोर्चुगल गएका ८ नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। उनीहरु सबै पोर्चुगलको राजधानी लिस्वनमा बस्दै आएका थिए। उनीहरु लिस्वनमा एउटै फल्याटमा “रुम स्यरिंग” गरि बस्दै आएका थिए।

उनीहरूमध्ये एक जनालाई विगत २ हप्तादेखि निरन्तर ज्वरो आएको थियो। उनले डाक्टरको सल्लाहमा औषधी सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको बताईएको छ। उनमा कोरोना संक्रमण पुष्टी भए लगत्तै उनीसंग बस्ने अन्यको पनि जाँच गर्दा सबै जनामा कोरोना संक्रमण पुष्टी भएको गैर आवासीय नेपाली संघ (एन आर एन ए) पोर्चुगलका बरिष्ट उपाध्यक्ष् भीमसेन थापाले जानकारी दिए।

संक्रमितहरु मध्ये एक बच्चा र गर्भवती महिला पनि रहेको बुझिएको छ। ८ जना मध्ये २ जनालाई अस्पताल लागिएको छ भने बाँकी ६ जनालाई घरमै क्वारेनटाईनमा राखिएको छ। सोहि घरको अर्को फल्याटमा बस्दै आएका अन्य ५  जनालाई पनि क्वारेनटाईनमा राखिएको छ। अहिलेसम्म पोर्चुगलमा कोरोनाबाट संक्रमित नेपालीहरुको संख्या ९ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button