
धनकुटा,
अन्तराष्ट्रिय श्रमिक दिवसमा धनकुटा उद्योग बाणिज्य संघले मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको छ । संघले जिल्लाको निगाले सिमेन्ट प्राली र गुरासे टि स्टेट प्राली का मजदुरलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको हो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको टोलीले शुक्रबार सिमेन्ट कम्पनी र चिया कम्पनीका मजदुरहरुलाई माक्स,हेण्ड वास ,पञ्जा र सेनिटाईजर प्रदान गरेका हुन् ।
सो अवसरमा निगाले सिमेन्ट कम्पनीका संचालक सरोज सेढाईले कम्पनीको समस्या र उत्पादनको अवस्था वारे उद्योग वाणिज्य संघलाई जानकारी गराएका थिए । बाणिज्य संघका अध्यक्ष राईले सुरक्षित र नेपाल सरकारले तयार गरेको हालको सुरक्षाको माप दण्ड अनुरुप उद्योग संचालन गर्न सुझाब दिएका थिए ।