समाचारस्वास्थ्य

धनकुटाको चौविसे गाउँपालिकामा २८ जना क्वारेनटाईनमा

धनकुटा,

धनकुटाको चौबिसे गाउँपालिकामा २८ जना लाई क्वारेनटाईनमा राखिएको छ । महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस फैलन नदिन गाउपालिकाले जनस्तरमा विभिन्न किसिमको जनचेतना अभियान संचालन गर्दै काठमाण्डौ लगायत विभिन्न जिल्लाबाट गाउँपालिकामा प्रवेश गरेका मानिसलाई गाउँपालिकाले अनिवार्य क्वारेनटाईनमा राखेको होे ।

कोरोना भाईरस नियन्त्रण गर्नका लागी नेपाल सकारले लगाएको लक डाउनलाई पूर्ण रुपमा सफल बनाउदै चौविसे गाउपालिकाले हेल्प डेक्स स्थापना गरी ३८ बेड सहितको क्वारेनटाई स्थापना गरी १ बच्चा सहित २८ जनालाई क्वारेनटाईनमा राखी जनस्तरमा जनचेता अभिवृद्धि गदै आएको गाउँपालिकाले जनाएको छ ।

प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई,१ नम्वर प्रवेश सभाका सांसदहरु निरन राई,कुसुम कुमारी श्रेष्ठ,लिला सुब्बा,रामचन्द्र (आर सी) तुम्बा, धनकुटाका प्रमुख जिल्ला अधिकारी, जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद विमली ,सूचना अधिकारी जयराम श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले विपत व्यवस्थापन समितिको बैठकमा कोरोना भाईरस नियन्त्रणका लागि गाउँपालिकाले गरीरहेको कार्यलाई धन्वयाद दिएका छ्न् ।

गाउँपालिका बाहिर बाट विभिन्न वडाहरुमा आएका १ बच्चा सहित २८ जनालाई गाउँपालिकाले स्थापना गरेको क्वारेटनाईनमा राखिएको र उनीहरुको स्वास्थ्य परिक्षण भईरहेको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए । गाउँपालिकाको

राजारानी,बोधे,मौनावुधुक,कुरुलेतेनुपा मुढेवासमा गरी २८ वटा वेड सहितको क्वारेनटाईन स्थापना गरिएकोमा राजारानीमा १० वडमा स्थापना गरिएको क्वारेटनाईन वाहेक अन्य स्थानमा सहित २८ जनालाई क्वारेटनाईमा राखिएको छ ।

पाचथर,धनकुटा,मोरङ्गको सिमानामा पर्ने चैविसे गाउपालिकाको वडा नं. १ को छ नं.बुधवारे बजारमा हेल्प डेक्स स्थापना गरी संचालन गरिएको चौविसे गाउपालिकाका उपाध्यक्ष यज्ञ कुमारी रुचालले वताईन । चौविसे गाउपालिकाका वडाहरुको सिफारिसमा खाद्यान्न लगायतका विभिन्न राहत समाग्रीहरु वितरण गर्न शुरु गरिएको रुचालले जानकारी दिईन् । गाउँपालिकामा १ हजार १ सय १६ जनालाई राहत वितरण गरिएको उपाध्यक्ष रुचालको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button