पत्रपत्रिकासमाचार

धनकुटाको पत्रकारिता संकटमा, पत्रकारहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्री वितरण धरान,

[mashshare]

धरान,

धनकुटाको पत्रकारिता संकटमा पर्दै गएको छ । बिहिबार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा धनकुटामा नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिले यस्तो बताएको हो । पत्रकारहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गर्दै पत्रकारको अहिलेका समस्या र समाधन विषयक अन्तरक्रिया कार्यक्रममा धनकुटाका पत्रकारहरुले वताएका छन ।

नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिका अध्यक्ष विक्रम लुईटेलले श्रमजिवि पत्रकार र संचार संस्थाहरु अहिले आर्थिक संकटमा पर्दै गएकाले राज्यले सहयोग गर्नु पर्ने वताए । अहिले प्रदेश सकारको सहयोगमा प्रदेश कार्य समितिले प्रकाशन तथा प्रशारण संचार गृहहरुलाई सहयोग गरिरहेको समेत अध्यक्ष लुईटेलले बताए ।

प्रदेश महासचिव विवेक गौतमले जोखिम तथा संकटमा परेका पत्रकाहरुलाई प्रदेश कार्य समितिले सहयोग गर्ने अन्तरक्रिया कार्यक्रममा बोल्दै बताए । नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,पूर्व अध्यक्ष खगेन्द्र घिमिरे लगायतले लक डाउनका कारण आर्थिक संकट हुदै गएकाले अहिले पत्रकारिता पेशा नै संकटमा पर्दै गएकोले पत्रकारहरुलाई सवैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । लक डाउनका कारण पत्र पत्रिकाहरु प्रकाशन गर्न समस्या भैरहेको र आर्थिक कठिनाई समेत संचारकर्मी र संचार संस्थाहरुलाई हुन थालेको उनीहरुको भनाई थियो ।

कार्यक्रमको संचालन गर्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव विदुर खवासले धनकुटाका पत्रकारिताको अहिलेको अवस्थाको वारेमा प्रकाश पारेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिका अध्यक्ष विक्रम लुईटेल, महासचिव विवेक गौतमले ले प्रदेश कार्य समितिको तर्फबाट धनकुटाका पत्रकारहरुका लागि धनकुटाका उपाध्यक्ष नगेन्द्र राई लाई स्वास्थ्य तथा सुरिक्षित समाग्रीहरु प्रदान गरेका थिए । यस अघि पनि धनकुटा उद्योग बाणिज्य संघले सम्मानका साथ धनकुटाका संचारकर्मीहरुलाई र धनकुटाका मिडिया हाउसहरुलाई स्वास्थ्य तथा सुरक्षित सामाग्रीहरु वितरण गरेको थियो । धनकुटामा तीन चार साप्ताहिक ,एक दैनिक,तिन एफ एम र एक वटा सरकारी रेडियो संचालित रहेका छन ।

धनकुटाका पत्रकारहरुले धनकुटामा अहिलको अवस्थामा पत्रकारिता पेशा संकटमा परेको केही पत्रपत्रिका प्रकाशन गर्न समस्या भईरहेको समस्याका वारेमा जानकारी जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिका उपाध्यक्ष स्मिता निरौला,सदस्य सन्तोष रुचाल,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष सुखकला राई,सहसचिव हरि वहादुर लम्जेल, फोनिज धनकुटका अध्यक्ष सन्तवीर लामा,फोटो पत्रकार संघ धनकुटा अध्यक्ष रमेशचन्द्र अधिकारी,नेपाल पत्रकार महासंघ सदस्यहरु विकास घिमिरे,कविराज घिमिरे लगायत जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button