
धनकुटा,
कोरोनाका कारण धनकुटा जिल्ला अस्पताल बन्दा भएपछि धनकुटा उद्योग वाणिज्य संघले सहयोग गरेको छ । कोरोना भाईरस धनकुटामा फैलिए संगैै धनकुटा अस्पताल सहित बरीपरीका बजार क्षेत्रमा गरिएको शिल भएकाले दैनिक उपभोग्य समाग्रीहरु अस्पतालमा अभाव पछि धनकुटा उद्योग बाणिज्य संघ र अस्पताल विकसा समितिका पूर्व अध्यक्षले दैनिक उपभोग्य समाग्रीहरु उपलब्ध गरएको हो ।
धनकुटामा केही दिन यता एक्कासी कोरोना भाईरस फैलिएपछि जिल्ला अस्पताल सहित बरीपरीका बजार क्षेत्र शिल गरिएको छ । बजार क्षेत्र सिल भएसंगै दैनिक उपभोग्य वस्तुहरुको ठूलो अभावपछि बाणिज्य संघ र अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोलले द्रैनिक उपभोग्य वस्तु तथा समाग्रीहरु आज बुधबार जिल्ला अपस्ताललाई प्रदान गरेका हुन् ।
जिल्ला अस्पतालमा रहेका विरामी सहित विरामी कुरुवाहरुलाई समस्या उत्पन्न भएकोले खाद्यान्न,तरकारी लगायत दैनिक उपभोग्य सामाग्रीहरु बाणिज्य संघ र समितिका अध्यक्ष डंगोलले उपलब्ध गराएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । जिल्ला अस्पताललाई चामल,तेल,नुन ,दाल,चना,विस्कुट,आलु,अदुवा,बेसार,कागती,तरकारी लगायतका दैनिक उपभोग्य समाग्री तथा वस्तुहरु र प्लेटहरु बाणिज्य संघ र अध्यक्ष डंगोलको तर्फबाट उपलब्ध गराएको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताए ।
धनकुटा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मीहरु,कर्मचारीहरु,विरामी तथा विरामीका कुरुवाहरुलाई कुनै पनि समस्या परेमा थप सहयोग गर्न तयार रहेको बाणिज्य संघका अध्यक्ष राईले कोशीपोष्ट डटकम संग कुरा गदै बताए । संकटमा सवैले एक अर्कालाई सहयोग गर्नु पर्ने भएकाले बाणिज्य संघले कोरोना भाईरस विरुद्धको अभियान संचालन गरेको वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले वताईन । वाणिज्य संघले यस अघि पनि जोखिमा परेका विभिन्न क्षेत्र तथा समुदायहरुलाई सहयोग गर्दै आएको संघका महासचिव राम वहादुर तामाङ (गोङ्वाले) जानकारी दिए । जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मी र अन्य गरी जम्मा ७ जनालाई कोरोना भाईरस पोजेटिम देखिएको छ ।
https://www.youtube.com/watch?v=uwu5CKKsPLo